National life

१७२ जना यात्रु बोकेको विमान अवतरण गर्ने क्रममा आगलागी, कस्तो छ अवस्था ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ चैत २०८१, शुक्रबार
988Shares
१७२ जना यात्रु बोकेको विमान अवतरण गर्ने क्रममा आगलागी, कस्तो छ अवस्था ?
ncell

काठमाडौँ । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको छ ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार विमानका अनुसार उक्त विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको थिए । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको भए पनि १२ जना सामान्य घाइते रहेको कारण अस्पताल भर्ना गरिएको छ ।

तथापि सामाजिक सञ्जालमा आएका श्रव्यदृष्यहरूमा भने टर्मिनल नजिकै भुईँमा जेटको वरिपरि धुवाँ उडिरहेको र आपत्कालीन सेवाहरू आइपुग्दा यात्रुहरू पखेटामा उभिएको देखिन्छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोलोराडोबाट डलास–फोर्ट वर्थका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १००६ लाई डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गरिएको एफएएले जनाएको छ ।

एफएएले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “अवतरण पछि र गेटमा ट्याक्सी चलाउने क्रममा एउटा इन्जिनमा आगो लाग्यो र यात्रुहरूलाई स्लाइडको प्रयोग गरेर विमानबाट बाहिर निकालिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी उड्डयन एजेन्सीहरूको खर्च कटौती गर्ने प्रयास र शृङ्खलाबद्ध घटनापछि सुरक्षाको बारेमा चिन्ता व्यक्त भइरहेका बेला पछिल्लो घटना भएको हो।

 

यो समाचार शेयर गर्नुहोस्
988SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?