National life

तौल सन्तुलन नमिलेकै कारण सौर्यको विमान दुर्घटना भएको छानबिन समितिको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ भदौ २०८१, शुक्रबार
650Shares
तौल सन्तुलन नमिलेकै कारण सौर्यको विमान दुर्घटना भएको छानबिन समितिको निष्कर्ष
ncell

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको  छ ।

मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर जहाजको सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
ब्यागेजसहित १८,१३२ किलो तौलमा जहाजले टेकअफ गरेको थियो । जसमा थप २००० किलो इन्धन थियो।

‘टेकअफ वेट’लाई तोकिएको जहाजको गति ९भी स्पिड० नै गलत दिइएको निष्कर्ष अध्ययनको छ । मर्मतका लागि उडेको जहाजलाई दिइएको अनुमतिको कार्यविधिसमेत पालना नभएको प्रतिवेदनमा समावेश भएको छ ।

समितिले प्रारम्भिक रूपमा पाँच वटा विषय अनुसन्धानका लागि तय गरेको थियो । जहाजको तौल र सन्तुलन, टेकअफ गति, उडान अनुमति प्रक्रिया, मानवीय पक्ष र सेफ्टी म्यानेजमेन्ट प्रणालीका विषय पहिचान गरेको छ । प्रतिवेदनमा उडानअघि जहाज ३४ दिनसम्म ग्राउण्डेड गरिएको उल्लेख छ ।

सौर्य एयरलाइन्सका प्राविधिक तथा कर्मचारी, एक बालक र तीन जना चालक दलका सदस्य गरेर १९ जना सवार बिमान दुर्घटना भएको थियो ।  दुर्घटनामा परेका पाइलटको घाइतेलाई अवस्थामा उद्धार गरिएको थियो । उनी उपचारपछि घर फर्किसकेका छन् ।

सी–चेक’का लागि साउन ८ गते पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको ९ एन–एनएएमई कलसाइन नम्बरको सिआरजे–२०० जहाज टेकअफ गर्ने बित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर १८ जनाको ज्यान गएको थियो ।

सरकारले रतिशचन्द्र लाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । दुर्घटनाग्रस्त जहाजको कागजी प्रक्रिया तथा सामान्य प्राविधिक परीक्षण गरेर प्रारम्भिक प्रतिवेदन तयार पारेको समितिले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
650SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?