National life
cg eloctronics

व्यवसायी प्रसाईँले लाइसेन्स लिए पनि हतियार राख्न नपाउने छानबिन समितिको निष्कर्ष

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
1KShares
व्यवसायी प्रसाईँले लाइसेन्स लिए पनि हतियार राख्न नपाउने छानबिन समितिको निष्कर्ष
muktinatha bikash bank

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न बनेको समितिले गृहमन्त्री समक्ष प्रतिवेदन बुझाएको छ ।

समितिका संयोजक सहसचिव राजेन्द्रदेव पाण्डेले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन उक्त विषयको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदनमा व्यक्तिगत रूपमा हतियारको इजाजत प्राप्त गर्ने मापदण्ड, कानुनमा गर्नुपर्ने सुधार, अभिलेख व्यवस्थापनका लागि गर्नुपर्ने कार्य, घटनामा संलग्न व्यक्तिलाई गर्नुपर्ने कारबाहीलगायत विषयमा सुझाव तथा सिफारिस गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

सर्वोच्च अदालतको गेटबाट चैत ५ मा हतियारसहित प्रसाईँका दुई बडीगार्ड रामकुमार धिमाल र दीपक खड्का पक्राउ परेका थिए। उनीहरू पक्राउ परेपछि गृह मन्त्रालयले सहसचिव पाण्डेको संयोजकत्वमा समिति बनाएर छानबिन सुरु गरिएको थियो ।

सर्वोच्च अदालत परिसरमा फेला परेको हतियार कानुनले तोकेअनुसार इजाजत दिन मिल्ने खालको नदेखिएको र इजाजत दिने निर्णयमा समेत देशभर लैजान पाउने गरी इजाजत नदिइएको उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।

देशभर हतियारको इजाजत पत्र दिँदा, नवीकरण वा नामसारी गर्दा विद्युतीय प्रणालीको केन्द्रीय अभिलेखमा राख्न र नियमन गर्नसमेत प्रतिवेदनमा समितिले सुझाव दिइएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?