काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिले तयार गरेको प्रतिवेदनबारे भ्रम फैलाउने काम नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आग्रह गरेका छन्।
महामन्त्री शर्माले ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ प्रतिवेदनको निर्णय पढ्न आग्रह समेत गरेका छन् । महामन्त्री शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ''रास्वपाका नेताहरूले पार्टी सभापति रवि लामिछानेले समितिबाट ‘क्लिन चिट पाएको’ दाबी गरिरहेका छन् । ‘ क्लिन चिट कि क्लियर चिट स्पष्ट हुनोस् ! प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्नेझ, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछरौँ बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले चिट ( cheat ) को अर्थ बेइमानी, अङ्ग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै ’
त्यस्तै, उनले पार्टीलाई आफ्नो नाम परिवर्तन गर्न समेत सुझाव दिएका छन् ।
साथै, ‘कतिपय असन्तुष्टिको माहौलमा ञस्वतन्त्रझ मन बनाएका कतिपय नागरिकको भावनात्मक आवेग ञक्यासझ गर्न ञस्वतन्त्रझ नाम रोज्नुभो, एउटा आकार बनाउनुभो अब स्वतन्त्रझ छोडेर दलको नाम जुराउने साहस राख्नोस् ! शुभकामना ,’ उनले लेखेका छन् ।

































