National life

एनसेल प्रकरण सम्बन्धमा समितिले थाल्यो अध्ययन तथा छानबिन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ मंसिर २०८०, आइतबार
636Shares
एनसेल प्रकरण सम्बन्धमा समितिले थाल्यो अध्ययन तथा छानबिन
ncell

काठमाडौं । एनसेलको सेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आजदेखि औपचारिक रुपमा अध्ययन प्रारम्भ गरेको छ ।

नेपाल सरकारबाट प्राप्त कार्यदेशभित्र रही तोकिएको समय सीमाभित्र अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन बुझाउने गरी अध्ययन थालिएको समिति संयोजक टङ्कमणि शर्माको भनाई छ ।

समितिले अध्ययन तथा छानबिनका क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकाय, सरकारी अधिकारी, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने उनले बताएका छन् ।

संयोजक शर्माले आवश्यक कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला सङ्घसंस्था र व्यक्तिसँग समेत छलफल गरी राय सुझाव पेस गरिने जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समितिले एनसेलको सेयर खरिदबिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाण भएमा समिति समक्ष उपलब्ध गराइ अनुसन्धानमा सहयोग गर्न सम्पूर्णमा आह्वान गरेको छ ।

सरकारले प्रचलित कानुनको परिपालना, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयको अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
636SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?