National life

मुआन विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७९ पुग्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ पुस २०८१, आइतबार
757Shares
मुआन विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु  हुनेको संख्या १७९ पुग्यो
ncell

काठमाडौँ । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको विमान दुर्घटनामा उद्धार गरिएका २ जना बाहेक अन्य सबैको मृत्यु भएको छ।

थाल्याण्डको बैंककबाट १ सय ७५ यात्रु र चालक दलका ६ सदस्यसहित फर्किएको जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन लाग्दा रन–वेमा चिप्लिएर विमानस्थलको बारमा ठोक्किन पुगेको थियो।

योनहाप समाचार एजेन्सीले विमानको ल्याण्डिङ गेयरमा समस्या आउँदा दुर्घटना भएको अनुमान गरिएको धारणा सार्वजनिक गरेको छ । घाइते अवस्थामा उद्धार गरिएकाहरूलाई अस्पताल भर्ना गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै मानवीय क्षति बढ्न सक्ने आकलन गरिएको छ।

१ सय ७५ यात्रु र चालक दलका ६ सदस्य रहेको बोइङ ७३७–८०० विमान धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको हो। विमानमा १ सय ७३ कोरियाली र २ जना थाई नागरिक थिए। आपत्कालिक सेवाका अधिकारीहरूले उद्धार गरिएका बाहेक सबैको ज्यान गएको जनाएको छ।

सार्वजनिक दृश्यहरूमा विमान धावनमार्गबाट चिप्लिएको र पर्खालमा ठोक्किएको देखाइएको छ। त्यस लगत्तै विमानमा आगो फैलिएको र धुवाँको ठुलो मुस्लो उडिरहेको देखिन्छ।

दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन। तर चरासँग ठोकिएपछि ल्यान्डिङ गियरमा समस्या भएको अनुमान गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?