National life

आज विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१० साउन २०८१, बिहिबार
592Shares
आज विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइँदै
ncell

काठमाडौं । नेपाल सरकारले विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउने निर्णय गरेको थियो । बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान विमानस्थल परिसरमै दुर्घटना भएको थियो ।

यसैगरी बैठकले जहाज दुर्घटनाको छानबिन गर्न रतिशचन्द्रलाल सुमनको संयोजकत्वमापाँच सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बुधबार बिहान काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको थियो ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । पाइलट भने घाइते भएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?