National life

भारतकाे उत्तराखण्डमा पहिराेले एउटा होटल पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
1.2kShares
भारतकाे उत्तराखण्डमा पहिराेले एउटा होटल पुर्दा १० नेपालीसहित १९ जना बेपत्ता
ncell

काठमाडौँ । भारतको उत्तराखाण्ड राज्यमा पहिरोले एउटा होटल पुर्दा १० जना नेपालीसहित १९ जना बेपत्ता भएका छन्। हिन्दूहरुको चर्चित धाम केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ।

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ।

वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन्।

प्रहरीले उनीहरूको थर खुलाएकोको छैन। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन्।

बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ। तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन।

बेपत्ता हुनेहरुमा अमर बोहरा, उनका छोराहरू मानबहादुर, पृथ्वी, जटिल र वकिल, श्रीमती अनिता, छोरीहरु राधिका र पिंकी छन्।

पहिरोले होटललाई सोहोरेर मन्दाकिनी नदीमा पुर्‍याएको थियो। बेपत्ता भएकाहरुको खोजी भइरहेको उत्तराखण्ड प्रहरीले जनाएको छ।

अहिले यो क्षेत्रमा भारी वर्षा भइरहेको छ। त्यहीकारण स्थानीय प्रहरीलाई उद्धार तथा खोजी तीव्र बनाउन मुस्किल भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?