National life

भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
651Shares
भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार
ncell

एजेन्सी । भारतका एक व्यापारीको ५ करोड मूल्य बराबरको सामान चोरेर नेपाली सुरक्षाकर्मी फरार भएका छन् ।

भारतको सेकुन्देराबादस्थित रामगोपालपेटका बासिन्दा राहुल गोयलले कमल नामका नेपालीलाई सुरक्षाकर्मीको रूपमा आफ्नो घरमा काम दिएका थिए । कमल र उनको पूरा परिवार राहुलको बङ्गलामै रहेको सर्भेन्ट क्वार्टरमा बस्थे ।

आइतबार बिहान राहुल र उनका परिवार एउटा पारिवारिक कार्यक्रमका लागि सहर बाहिरको उनीहरूको फार्म हाउसमा गएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो परिवार बुधवार बेलुका मात्रै घर फर्कियो । घर आउँदा उनीहरुले सुरक्षाकर्मी र उनको परिवार कसैलाई पनि देखेनन् ।

‘राहुल घरभित्र जाँदा बेडरुमको कपबोर्ड भित्रका सामान चोरी भएको पाए । उनको दाबी अनुसार ४९ लाख नगद, चार केजी सुन, १० केजी चाँदी चोरी भएको छ । मुख्य सन्दिग्ध ती सुरक्षाकर्मी र उनको परिवार हो,’ स्टेसन आवर अफिसर जी लिङ्गेश्वर रावले भने ।

प्रहरीले कमल र उनको परिवारलाई पक्राउ गर्न विशेष दल गठन गरेको छ । ‘घटनामा कमल नै संलग्न हुन् वा अरू व्यक्ति भनेर पनि अनुसन्धान भइरहेको छ । त्यसैले हामीले उनीहरूको खोजी कार्य सुरु गरेका छौँ,’ प्रहरी अधिकारी रावले भने ।

प्रहरीका अनुसार कमलका केही आफन्तलाई मुम्बईमा पक्राउ गरिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
651SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?