National life

भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२३ साउन २०८०, मङ्गलबार
777Shares
भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न विश्व स्वास्थ्य संगठनको चेतावनी
ncell

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतीय कम्पनीको कफ सिरप प्रयोग नगर्न चेतावनी दिएकाे छ । इराकमा भारतीय कम्पनीले बनाएको एक कफ सिरपलाई लिएर चेतावनी जारी गरेको हाे ।

डब्लुएचओले भारतीय कम्पनीबाट निर्मित यो कफ सिरपमा दूषित रसायन पाइएको जनाएकाे छ ।

समाचारअनुसार डब्लुएचओले अघिल्लो वर्ष निर्मित कोल्ड आउट सिरपको प्रयोग गर्नुलाई असुरक्षित भनेको छ ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
खासगरी बालबालिकाहरु यस सिरपको प्रयोगबाट गम्भीर बिरामी या मृत्युको शिकारसमेत हुने डब्लुएचओले जनाएको छ ।

कोल्ड आउट सिरपलाई ड्याबिलाइफ फर्माका लागि फोर्ट्स (इन्डिया) ल्याबोरेटरिजले बनाएको हो ।

फोर्ट्सका उपप्रमुख बाला सुरेन्द्रनले गत महिना ब्लुमबर्गलाई बताएअनुसार यो औषधि बनाउने काम अब पुडुचेरीस्थित शरुन फार्मासुटिकल्स प्राइभेट लिमिटेडलाई दिइएको छ ।

उनले फोर्ट्ससँग औषधिको नमुना सुरक्षित रहेको बताउँदै ती कुनै पनि समस्या नदेखिएको जनाएका छन् । प्यारासिटामोल र क्लोरफेनिरामाइनलाई मिलाएर कोल्ड आउट सिरप चिसो र एलर्जीको लक्षण हुँदा दिने गरिन्छ ।

समाचार अनुसार विश्व स्वास्थ्य संगठनले सिरपमा डाइथिलिन (०.२५ प्रतिशत) र एथिलीन ग्लाइकोल (२.१ प्रतिशत) जस्ता दूषित तत्वको मात्रा तोकिएको सीमाभन्दा धेरै पाइएको हो। यी दुवै तत्वको प्रयोग गर्ने सुरक्षित सीमा ०.१० प्रतिशत छ ।

एक वर्षमा यो पाँचौँ पटक पाँचौँ पटक जब कुनै भारतीय कम्पनीको औषधिमा एथिलिन ग्लाइकोल अत्यधिक मात्रामा पाइएको हो ।

यो समाचार शेयर गर्नुहोस्
777SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?