National life
cg eloctronics

भारतीय वायु सेनाले इजिप्टको जेट विमानमा आकाशमै भरिदियो इन्धन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
753Shares
भारतीय वायु सेनाले इजिप्टको जेट विमानमा आकाशमै भरिदियो इन्धन
muktinatha bikash bank

काठमाडाैं । भारतीय वायु सेनाको विमानले आकाशमै इजिप्टको जेट विमानमा इन्धन हालिदिएको छ । ब्राइटस्टार सैन्य अभ्यासअन्तर्गत भारतीय वायुसेनाको आकाशमै इन्धन भर्ने आईएल–७८ विमानले इजिप्टको वायुसेनाको विमानमा आज (आइतवार) इन्धन भरेको हो ।

'इजिप्टको आकाशमा भारत–इजिप्ट मैत्रीलाई ब्राइट स्टार–२३ को माध्यमबाट अझ सुदृढ बनाउने प्रयास भएको छ,' भारतीय वायुसेनाले भनेको छ । आफ्ना केही सैन्य अधिकारी आगामी तीनसाता इजिप्टमा रहने वायुसेनाले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भारतको रक्षा मन्त्रालयले पारस्परिक प्रतिरक्षा सहयोग सुदृढ तुल्याउने उद्देश्यले उक्त द्विवार्षिकी बहुपक्षीय अभ्यासमा वासुसेनाका १५० जना कर्मचारी ब्राइट स्टार–२३ मा सहभागी हुन इजिप्ट पुगेका जनाएको छ ।

ब्राइटस्टार संयुक्त सैन्य अभ्यासमा अमेरिका, साउदी अरब ग्रीस र कतारका वायुसेनाका अधिकारीले पनि भाग लिएको रक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । रासस

everest bank
यो समाचार शेयर गर्नुहोस्
753SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?