National life

भारत र अमेरिकाबीच डब्ल्यूटीओमा विचाराधीन विवाद अन्त्य गर्ने सहमति

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ असार २०८०, शुक्रबार
1.2kShares
भारत र अमेरिकाबीच डब्ल्यूटीओमा विचाराधीन विवाद अन्त्य गर्ने सहमति
ncell

एजेन्सी । भारत र अमेरिकाले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)मा विचाराधीन ६ ओटा विवाद अन्त्य गर्ने सहमति गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो । यो सहमतिसँगै भारतले पनि २८ अमेरिकी वस्तुमा लगाएको प्रतिकारात्मक शुल्क हटाउने भएको छ ।

मोदी हाल अमेरिकी राष्ट्रपति जो बाइडेन दम्पतीको निम्तोमा अमेरिका भ्रमणमा छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अमेरिकाले सन् २०१८ मा राष्ट्रिय सुरक्षाको नाममा भारतबाट आउने केही स्टिल र आल्मुनियमका सामानमा २५ प्रतिशत र १० प्रतिशत आयात कर लगाएको थियो । सोको प्रतिकारमा भारतले पनि सन् २०१९ जुनमा चना, दाल, बदाम, ओखर, स्याउ, बोरिक एसिड जस्ता २८ वस्तुमा अतिरिक्त शुल्क लगाएको थियो ।

अमेरिका र भारतले आजै डब्ल्यूटीओमा चलिरहेको ६ ओटा विवाद अन्त्य गर्न सहमति गरेको अमेरिकी व्यापार प्रतिनिधि केथरिन ताईले बताएकी छिन् । भारतले अमेरिकी कृषि उत्पादक र कम्पनीहरूको लागि बजारमा अवसर पनि विस्तार गर्ने बताइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?