National life

युक्रेनलाई रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात गर्न रोक्यो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
752Shares
युक्रेनलाई रुसले ‘ब्ल्याक सी’बाट खाद्यान्न निर्यात गर्न रोक्यो
ncell

काठमाडौँ । रुसले युक्रेनलाई 'ब्ल्याक सी'बाट सामान निर्यात गर्न रोकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार सम्झौताबाट पछि हट्ने निर्णय गरेका हुन् ।

युक्रेनले ब्ल्याक सीबाट सुरक्षित रूपमा अन्न निर्यात गर्दै आएको थियो, तर सम्झौताबाट पछि हट्दै रुसले निर्यात गर्न नदिने निर्णय गरेको हो ।

रुसले सोमबार संयुक्त राष्ट्रसंघ, टर्की र युक्रेनलाई यो सम्झौताको पछि नलाग्ने बताएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पश्चिमी देशहरूले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप रुसको छ ।

रुसको यो निर्णयले विश्वलाई नै असर पार्न सक्छ । विश्वका नेताहरूले रुसको निर्णयले विश्वका गरिब देशहरूमा असर पर्ने भन्दै आलोचना गरेका छन् ।

यो सम्झौता इस्तानबुलको समय अनुसार मंगलबार राती १२ बजे समाप्त हुनेछ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लामो समयदेखि रुसलाई खाद्यान्न र मल निर्यात गर्न दिने सम्झौताका अंशहरू पालना नगरिएको बताएका छन् । उनले सम्झौताको सर्त गरिब देशलाई खाद्यान्न उपलब्ध गराउने भए पनि त्यसो हुन नसकेको आरोप लगाएका छन् । यदि शर्त पालना भएमा सम्झौता पुन: हुनसक्ने पनि उनले बताएका छन् ।

रुसले पश्चिमा प्रतिबन्धका कारण आफ्नो कृषि उत्पादन निर्यात गर्न नसकिएको गुनासो गर्दै आएको छ ।

यो समाचार शेयर गर्नुहोस्
752SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?