National life

रूसी राष्ट्रपति पुटिन र कोरियाली शासक किमले एक-अर्कालाई दिए राइफल उपहार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
598Shares
रूसी राष्ट्रपति पुटिन र कोरियाली शासक किमले एक-अर्कालाई दिए राइफल उपहार
ncell

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली शासक किम जोङ उनले एक-अर्कालाई राइफल उपहार दिएका छन्।

समाचार संस्था एएफपीका अनुसार गत बुधबार सुदूरपूर्वी रूसको अमुर क्षेत्रको भोस्तोच्नी कस्मोड्रोममा पुटिन र किमबीच भेटवार्ता भएको थियो। उक्त भेटमा उनीहरूले एक-अर्कालाई राइफल उपहार दिएका हुन्।

रूसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पुटिनले किमलाई रूसमा बनेको उच्च गुणस्तरको राइफल उपहार दिएको जानकारी दिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले किमलाई स्पेस ग्लोभ्स पनि उहार दिएका थिए। बदलामा किमले पनि एउटा राइफल पुटिनलाई उपहार दिएका हुन्।

पुटिन र किमबीच भोस्तोच्नी कस्मोड्रोममा झन्डै दुई घन्टा कुराकानी भएको थियो। कुराकानीका क्रममा किमले पुटिनलाई उत्तर कोरिया भ्रमणको निम्तोसमेत दिएका थिए।

पुटिनलाई भेट्न किम रेल चढेर रूस गएका थिए।

यो समाचार शेयर गर्नुहोस्
598SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?