National life

विश्वमै पहिलो पटक निकालियो मानव मस्तिष्कबाट जीवित कीरा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ भदौ २०८०, मङ्गलबार
536Shares
विश्वमै पहिलो पटक निकालियो मानव मस्तिष्कबाट जीवित कीरा
ncell

काठमाडाैं । विश्वमै पहिलो पटक मानव मस्तिष्कबाट जीवित कीरा निकालिएकाे छ । अष्ट्रेलियाकी एक महिलाको मस्तिष्कबाट विश्वमै पहिलो पटक ८ सेन्टिमिटर लामो कीरा निकालिएको वैज्ञानिकहरुले बताएका छन् ।

यी महिला मूलतः इङ्गल्याण्डकी हुन् । गत वर्ष क्यानबेरामा एक महिलाको शल्यक्रिया गर्दा मस्तिष्कको अगाडिको भागको क्षतिग्रस्त तन्तुबाट ‘तार जस्तो’ वस्तु निकालिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो रातो रङको कीरा महिलाको दिमागमा करिब दुई महिनादेखि बसेको हुनसक्ने बीबीसी समाचारमा उल्लेख छ ।

अन्वेषकहरूले यस केसले जनावरबाट मानिसमा रोग र संक्रमण फैलाउने जोखिम कसरी बढ्दै छ भन्ने कुरा दर्शाएको बताएका छन् ।

क्यानबेरा अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर सञ्जय सेनयेकले भने, 'डाक्टरले केही असामान्य वस्तु देखेर यसलाई निकाले । उक्त वस्तु जीवित आठ सेन्टिमिटर लामो रातो कीरा भएकोले अपरेटिङ थिएटरमा रहेका सबैजना स्तब्ध भए । यो पूर्णतया नयाँ प्रकारको संक्रमण हो, जुन आज भन्दा पहिले कुनै पनि मानिसमा भेटिएको थिएन ।'

अष्ट्रेलियामा पाइने कार्पेट पाइथन नामक सर्पमा यस्ता किराहरु प्राय पाइने चिकित्सकहरु बताउँछन् ।

वैज्ञानिकहरूका अनुसार सम्भवतः ती महिला तालको छेउमा बस्छिन् र वरिपरि फलेको हरियो सागसब्जी खाएर यो कीरा उनको दिमागमा पुगेको थियो ।

इमर्जिङ इन्फेक्सियस डिजिजेज जर्नलमा अस्ट्रेलियाका विज्ञ मेहराब हुसेनले अनुमान गरेका छन् कि ती महिलाले अजिङ्गरको मल र परजीवीको अण्डा भएको दूषित सागपात खाएको हुन सक्छ । बिरामीलाई जनवरी २०२१ को अन्तिम हप्तामा अस्पतालमा भर्ना गरिएको थियो । अहिले ती महिलाको स्वास्थ्यमा सुधार हुँदै छ ।

यो समाचार शेयर गर्नुहोस्
536SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?