National life
cg eloctronics

साउदीको अमेजनमा विदेशी श्रमिकमाथि श्रम शोषण, मौलिक अधिकार सुनिश्चित गर्न एमनेस्टीकाे माग

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
731Shares
साउदीको अमेजनमा विदेशी श्रमिकमाथि श्रम शोषण, मौलिक अधिकार सुनिश्चित गर्न एमनेस्टीकाे माग
muktinatha bikash bank

काठमाडौँ । साउदी अरेबियामा रहेको अमेजन गोदामहरूमा विदेशी श्रमिकमाथि श्रम शोषण गरेकोप्रति एमनेस्टी इन्टरनेशलले आपत्ति जनाएको छ । साउदीको अमेजन गोदामहरूमा काम गर्ने विदेशी श्रमिकलाई नियुक्त गर्ने एजेन्ट र श्रम आपूर्ति कम्पनीहरूले श्रम शोषण गरेको भन्दै आपत्ति जनाएको हो ।

एमनेस्टी इन्टरनेशनका अनुसार उनीहरूमाथि श्रम शोषण गर्नुका साथै पारिश्रमिकमा ठगी गर्ने, नराम्रो अवस्थामा राख्ने, वैकल्पिक रोजगारी खोज्न वा देश छाड्नबाट रोक लगाउने जस्ता कार्य भइरहेको छ । आफूमाथि गरिने व्यवहारका विषयमा श्रमिकहरूले कम्पनीमा पटक पटक जानकारी गराएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

तर, अमेजनले साउदीमा कार्यरत श्रमिकहरूको मानवअधिकारमाथि बारम्बार भइरहेको दुव्यर्वहारबारे केही बोल्न नसकेको जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै एमनेस्टी इन्टरनेशनलले मानवअधिकार दुर्व्यवहार मारमा पर्नबाट रोक्न कसरी विफल भयो भन्ने प्रश्नमा अमेजनले ‘चिन्ता नगर्नुहोस्, यो अमेजनको एउटा शाखा हो’ नाम दिइएको नयाँ प्रतिवेदन देखाइएको जनाएको छ ।

भर्नाको क्रममा भएको धोकाधडी र कार्यस्थलमा पुगेपछि उनीहरूले भोगेका शोषणलाई हेर्दा श्रमिकले सहेका दुर्व्यवहार धेरै अवस्थामा मानव बेचबिखन सरह रहेको हुन सक्ने एमनेस्टीको ठहर छ । एमनेस्टी इन्टरनेसनलका आर्थिक र सामाजिक न्याय प्रमुख स्टिभ ककबर्नले श्रमिकहरूले अमेजन कम्पनीमा सुनौलो अवसरको लाभ उठाइरहेको ठानेका थिए तर उनीहरू दुर्व्यवहारको चपेटामा परेको बताए ।

everest bank

जसका कारण धेरैलाई मानसिक आघात हुने पुगेको उनको भनाई छ । ‘अरू सयौँले यस्तै भयावह दुर्व्यवहार भोग्नु परेको हुन सक्ने हामीलाई आशङ्का लागेको छ। हामीले अन्तर्वार्ता लिएका धेरै जसोले यति गम्भीर दुर्व्यवहार भोगेका छन् कि त्यो श्रम शोषणकै आधारमा मानव बेचबिखन सरह हुने सम्भावना छ’ उनले भने ।

‘अमेजनले यो भयावह पीडालाई धेरै पहिले नै रोक्न र अन्त्य गर्न सक्थ्यो तर साउदी अरेबियामा अनुबन्धित यी श्रमिकहरूलाई कठोर दुर्व्यवहारबाट बचाउन यसका प्रक्रियाहरू असफल रहे। अमेजनले हानि भोगेका सबैलाई तुरुन्तै क्षतिपूर्ति दिनुपर्छ र यस्तो अब फेरी कहिल्यै नहुने कुराको सुनिश्चित गर्नु पर्दछ’ उनले भने ।

यस विषयमा साउदी सरकारको समेत ठुलो जिम्मेवारी हुने तर, नसकेको एमनेस्टीको ठहर छ । श्रमिकहरूलाई स्वतन्त्र रुपमा रोजगारदाता परिवर्तन र बिना सर्त देश छोड्न पाउने लगायतका उनीहरूको मौलिक अधिकारको सुनिश्चित गर्न र यस विषयमा छानबिन गर्न एमनेस्टीले साउदी सरकारसँग समेत माग गरेको छ ।

एमनेस्टीले तयार पारेको प्रतिवेदनमा २२ जना नेपालीबाट जानकारी लिइएको थियो । उनीहरूले सन् २०२१ देखि २०२३ को बीचमा रियाद वा जेद्दास्थित अमेजनको गोदाममा काम गरेका थिए । उनीहरूलाई दुई वटा तेस्रो पक्ष (श्रम आपूर्ति पर्ने ठेकेदार) मार्फत काममा लगाइएको थियो ।

त्यसरी अमेजनमा काम गर्नको लागि नेपालमा औसतमा १५०० अमेरिकी डलर तिरेको बताएका थिए । कतिपयले उक्त शुल्क तिर्नका लागि चर्को ब्याजमा ऋण लिएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
731SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?