National life

अभिनेता विजय तमिलनाडुको मुख्यमन्त्री बने

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|२७ वैशाख २०८३, आइतबार
1.4kShares
अभिनेता विजय तमिलनाडुको मुख्यमन्त्री बने
ncell

चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडुको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन्। चेन्नईस्थित जवाहरलाल नेहरू स्टेडियम मा आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

समारोहमा उनका परिवार, राजनीतिक नेताहरू, चलचित्र क्षेत्रका व्यक्तित्व तथा ठूलो संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो। यससँगै तमिलनाडुमा झन्डै छ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ राजनीतिक नेतृत्व उदाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

५१ वर्षीय विजयद्वारा स्थापित तमिलागा वेत्री कझगम (TVK) ले छोटो समयमै राज्य राजनीतिमा उल्लेखनीय प्रभाव विस्तार गरेको छ। हालै सम्पन्न विधानसभा निर्वाचनमा २३४ मध्ये १०८ सिट जित्दै पार्टीले बलियो उपस्थिति जनायो।

तर एकल बहुमतका लागि आवश्यक ११८ सिट भने नपुगेपछि कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी र मार्क्सवादी कम्युनिस्ट पार्टीसहितका दलहरूको समर्थन लिएर विजयले सरकार गठनको बाटो खोलेका हुन्।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?