National life

एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने दिशामा, स्पेसएक्स आईपीओ चर्चा

स्पेसएक्स IPO पछि मस्कको सम्पत्ति ऐतिहासिक उचाइमा पुग्ने अनुमान

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ महिना अगाडि|२४ जेठ २०८३, आइतबार
4.2kShares
एलन मस्क विश्वकै पहिलो ट्रिलियनियर बन्ने दिशामा, स्पेसएक्स आईपीओ चर्चा
ncell

काठमाडौं । विश्वका चर्चित उद्यमी एलन मस्क मानव इतिहासमै पहिलो ‘ट्रिलियन डलर’ (खर्बपति) बन्ने दिशामा अगाडि बढिरहेका छन्। टेस्लाका प्रमुख कार्यकारी अधिकृत रहेका मस्कको हालको सम्पत्ति करिब २७३ अर्ब डलर रहेको अनुमान गरिएको छ।

तर, उनको रकेट तथा प्रविधि कम्पनी स्पेसएक्सको सम्भावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सफल भएमा उनको सम्पत्तिमा ठूलो वृद्धि हुन सक्ने अनुमान गरिएको छ। अनुमानित मूल्याङ्कनअनुसार स्पेसएक्सको मूल्य १.७७ ट्रिलियन डलरसम्म पुग्न सक्छ, जसमा मस्कको करिब आधा हिस्सा रहने बताइएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विश्लेषकहरूका अनुसार आईपीओपछि मस्कको सम्पत्तिमा थप अर्बौं डलर जोडिन सक्नेछ। यद्यपि, यो सम्पत्ति नगद नभई कम्पनीको शेयर मूल्यमा आधारित अनुमान मात्र हो, जुन बजारको मूल्याङ्कनअनुसार घटबढ हुन सक्छ।

एक ट्रिलियन डलर भनेको एक मिलियन मिलियन डलर बराबर हुन्छ, जसलाई व्यक्तिगत रूपमा खर्च गर्नु लगभग असम्भव मानिन्छ। उदाहरणका लागि दैनिक अत्यधिक खर्च गरे पनि यस्तो रकम सकिन सयौँ वर्ष लाग्न सक्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका तथ्याङ्कअनुसार विश्वका सीमित देशहरूको मात्र कुल अर्थतन्त्र १ ट्रिलियन डलरभन्दा माथि छ। यसले मस्कको सम्भावित सम्पत्ति धेरै देशको अर्थतन्त्रभन्दा ठूलो हुने देखाउँछ।

त्यस्तै, म्यानहट्टन जस्ता आर्थिक केन्द्रहरूको वार्षिक उत्पादन पनि यो स्तरभन्दा कम छ। ह्युस्टनजस्ता ठूला अमेरिकी सहरको सम्पत्ति मूल्य र अमेरिकामा वार्षिक रूपमा बिक्री हुने सबै नयाँ कारहरूको कुल लागत समेत मस्कको सम्भावित नेटवर्थभन्दा कम हुने विभिन्न तथ्याङ्कले देखाउँछ।

खेलकुद क्षेत्रका शीर्ष ५० टोलीहरूको कुल मूल्य जोड्दा पनि मस्कको सम्भावित सम्पत्तिको करिब एक तिहाइ मात्र हुने अनुमान छ। यसले उनको सम्पत्ति विश्वका धेरै ठूला आर्थिक क्षेत्रभन्दा पनि विशाल देखिने विश्लेषण गरिएको छ। -एजेन्सीको सहयोगमा

यो समाचार शेयर गर्नुहोस्
4.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?