National life

एलन मस्कले गरे ट्विटरमा अडियो–भिडियो कल सुविधा चाँडै उपलब्ध हुने घोषणा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१४ भदौ २०८०, बिहिबार
778Shares
एलन मस्कले गरे ट्विटरमा अडियो–भिडियो कल सुविधा चाँडै उपलब्ध हुने घोषणा
ncell

एजेन्सी । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्स (ट्विटर) मा भिडियो र अडियो कलको सुविधा चाँडै नै उपलब्ध हुने घोषणा गरेका छन् । उनले यो नयाँ फिचरले एन्ड्रोइड, आईओएस, पीसी र म्याकमा काम गर्ने बताए ।

उनले लेखेका छन्, ‘‘एक्स’मा अडियो र भिडियो कलिङ सुविधा चाँडै आउँदै छ । यसले आईओएस, एन्ड्रोइड, एप्पल म्याक र माइक्रोसफ्ट कम्प्युटरहरूमा काम गर्नेछ ।’

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसका लागि कुनै फोन नम्बर आवश्यक पर्दैन । एक्स नै यी कलका लागि ग्लोबल एड्रेस बुक हुनेछ । यो नै यस सुविधाबारे सबैभन्दा महत्त्वपूर्ण कुरा हुनेछ ।

यद्यपि, यो सुविधा पहिले नै ह्वाट्सएप, फेसबुक मेसेन्जर, इन्स्टाग्राम जस्ता मेसेजिङ एपहरूमा उपलब्ध छ ।

ट्विटरमा भिडियो तथा अडियो कल गर्ने सुविधा कहिलेसम्म उपलब्ध हुने भन्ने बारे मस्क वा ट्विटरले कुनै जानकारी दिएको छैन ।

यो समाचार शेयर गर्नुहोस्
778SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?