National life

हसिनासँग जोडिएको ६.२ अर्ब डलर सम्पत्ति जफत, स्वदेश फर्किँदा कानुनी कारबाहीको तयारी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३२ असार २०८३, बिहिबार
1.2kShares
हसिनासँग जोडिएको ६.२ अर्ब डलर सम्पत्ति जफत, स्वदेश फर्किँदा कानुनी कारबाहीको तयारी
ncell

काठमाडौं । बंगलादेश सरकारले पूर्व प्रधानमन्त्री शेख हसिनासँग सम्बन्धित अर्बौँ मूल्यको सम्पत्ति नियन्त्रणमा लिएको जनाएको छ। सरकारी विवरणअनुसार करिब ६.२ अर्ब अमेरिकी डलर बराबर, नेपाली रुपैयाँमा झण्डै ९ खर्ब ४२ अर्ब बराबरको सम्पत्ति जफत गरिएको हो।

सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त रकम बंगलादेशी मुद्रामा करिब ७६० अर्ब टकासम्म पुग्ने अनुमान गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये ठूलो हिस्सा देशभित्र रहेको र बाँकी विदेशमा राखिएको सम्पत्ति रहेको बताइएको छ।

हसिनाले वर्षको अन्त्यसम्म स्वदेश फर्किने घोषणा गरेको केही दिनमै यस्तो कदम चालिएको हो। बंगलादेश सरकारका अनुसार उनी फर्किएमा स्वागत गरिने भए पनि कानुनी प्रक्रियाबाट उन्मुक्ति नपाउने स्पष्ट पारिएको छ।

हालै सम्पन्न आमनिर्वाचनपछि सत्तामा आएको तारिक रहमान नेतृत्वको सरकारले हसिनामाथि दीर्घकालीन शासन अवधिमा भ्रष्टाचार गरी अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ। साथै, आफ्ना निकट व्यक्तिहरू र सम्बन्धित व्यावसायिक समूहलाई अनुचित लाभ दिलाएको दाबी पनि गरिएको छ।

बंगलादेशको वित्तीय गुप्तचर इकाइले देशभित्र करिब ५७० अर्ब टका र विदेशमा करिब १९० अर्ब टका बराबरको सम्पत्ति नियन्त्रणमा लिइएको जनाएको छ। विदेशमा राखिएको सम्पत्ति फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको र छिट्टै थप प्रगति हुने अपेक्षा गरिएको छ।

सन् २०२४ अगस्टमा हिंसात्मक आन्दोलनपछि हसिनाको सरकार पतन भएको थियो। त्यसपछि उनी भारततर्फ गएकी थिइन् र हाल निर्वासनमा बस्दै आएकी छन्।

सरकार परिवर्तनपछि गठन भएको अन्तरिम व्यवस्थाले उनीविरुद्ध विभिन्न कानुनी मुद्दा अघि बढाएको थियो। मानवताविरुद्धको अपराधसम्बन्धी आरोपमा कडा फैसला सुनाइएको दाबीसमेत गरिएको छ।

यद्यपि, हसिनाले आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै ती राजनीतिक उद्देश्यबाट प्रेरित भएको बताएकी छन्। उनले स्वदेश फर्केर कानुनी प्रक्रियामार्फत सबै आरोपको सामना गर्ने प्रतिक्रिया दिएकी छन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?