National life

बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१८ असार २०८०, सोमबार
1.3kShares
बहुमत पाए मुद्रा स्फीति दर कम गर्ने पाकिस्तानी पूर्व प्रधानमन्त्रीको प्रतिवद्धता
ncell

काठमाडाैं । आगामी आम निर्वाचनमा सत्तामा आएमा देशमा मुद्रास्फीति घटाउने प्रतिबद्धता पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का सर्वोच्च नेता एबम् पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले व्यक्त गरेका छन् ।

पाकिस्तानी समाचार च्यानल जओ न्यूजका अनुसार नवाजले दुबईमा विभिन्न खाडी मुलुकका पीएमएल–एन प्रतिनिधिमण्डलसँग कुरा गर्दै उक्त टिप्पणी गरेका छन् । नवाजले सत्तारुढ दल पीएमएल–एनले जनताले भोगिरहेका सबै समस्या र अप्ठ्याराको समाधान गर्ने बताएका छन् ।

स्वास्थ्यको कारण देखाउँदै नोभेम्बर २०१९ देखि लण्डनमा बस्दै आएका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियम नवाज जुन २४ मा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनीहरूले पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का शीर्ष नेता आसिफ अली जरदारी र बिलावल भुट्टो–जरदारीलगायत महत्वपूर्ण पाकिस्तानी नेतासँग आगामी निर्वाचन र पाकिस्तानी समस्याबारअ‍े छलफल गरेका हुन् ।

यसै साताको सुरुमा नवाजले जरदारीसँग दुबईको शेख जायद रोडमा रहेको एक होटलमा भेट गर्नुभएको थियो । स्रोतहरूलाई उद्धृत गर्दै द न्यूज इन्टरनेसनल पत्रिकाले लेखेको छ, “विधानसभा विघटन, आम निर्वाचनको मिति, पञ्जाबमा सीट समायोजन र अन्य महत्वपूर्ण मुद्दाहरूमा दुई प्रमुख राजनीतिक दलका नेताहरूबीच छलफल भएको थियो ।” रासस

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?