काठमाडौं। नेपाल राष्ट्र बैंकले १८ औँ गभर्नर पाउन अब केही दिन मात्रै बाँकी रहेको छ। गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा उता आगामी गभर्नरको रूपमा को आउला भन्ने चासो उत्तिकै बढेको छ । अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए । उनको पाँच वर्षे कार्यकाल २०८१ चैत २४ सकिँदै छ।
गभर्नर छान्ने प्रक्रिया सुरु भएसँगै आकांक्षिहरुले भटाभट राजीनामा दिन थालेका छन्। प्रधानमन्त्री ओली चैत १८ गते (भोली) विमस्टेक बैठकका लागि थाइल्यान्ड जाँदै कार्यक्रम तय भएको छ । यसकारण आज साँझ ५ बजेका लागी मन्त्रीपरिषद् बैठक बोलाइएको छ ।
आजकै बैठकले गभर्नरको चयन गर्न सक्ने सम्भावना बढेको छ , यद्यपि सिफारिस समितिले हालसम्म गभर्नरको नाम
सो सिफारिसको आधारमा सरकारले गभर्नर पदमा नियुक्तिको निर्णय गर्नेछ। अहिले गभर्नरका लागि अन्तिम दौडधुप चलिरहेको छ। यता, गभर्नरको दौडधुप चलिरहँदा आगामी गभर्नरको भूमिका के र कस्तो गभर्नर चाहन्छन् भन्ने प्रश्नपनिसंगै उठेको छ । यही सन्दर्भमा आर्थिक भ्वाइसले बैंकिङ विज्ञ अनलराज भट्टराई लाई सोधेको छ । प्रस्तुत छ भट्टराईको धारणा।
एक असल गभर्नरमा आम मान्छेको धेरै अपेक्षा रहेको हुन्छ । तर त्यसमध्येको पनि हालको समयमा विशेषमध्येको एक चरित्रवाण हो।
पछिल्लो समय कुनै पनि नेतृत्व लिनका लागि नेताको दैलो धाउने र शक्तिकेन्द्रलाई पूजा गरेर थैली बुझाउने प्रचलन हाबी भएको छ । यसर्थ यसरी नियुक्त हुने गभर्नरले राष्ट्रबैंको गरिमा बढाउन सक्दैन । यसकारण पहिलो कुरा चरित्रवाण हुन जरुरी छ भन्ने मेरो धारणा हो।
दोस्रो भनेको नीतिगत परिपालनमा सक्षम र प्राइभेट सेक्टरको ज्ञान भएको पैसा र राजनीतिक आडमा नियुक्त भएका केही पूर्व गभर्नरको कारण अहिलेसम्म राष्ट्रबैंले जुन हाइट लिनुपर्ने थियो त्यो लिन सकेको अवस्था छैन । साँच्चिकै केन्द्रीय बैंकको हाइटलाई बढाउने हो भने नीतिगत ज्ञान र त्यसको परिपालनमा सक्षमता हुन जरुरी छ । कुनै पनि कामको सुरुवात गर्नु अगाडि त्यसको पोलेसी मेकरको हकमा नीतिगत ज्ञान जरुरी हो।
त्यस्तै प्राइभेट सेक्टरको विषयमा पर्याप्त ज्ञान नभएका गभर्नरहरूको उपस्थितिको कारण पनि केन्द्रीय बैंकले अपेक्षा अनुसार फड्को मार्न सकेको छैन । आजको अर्थतन्त्रको मेरुदण्ड बनेर आर्थिक लोडलाई सम्हाल्न सघाउ पुर्याएको प्राइभेट सेक्टरको विषयमा पर्याप्त ज्ञान नभएकै कारण पोलीसि निर्माणमा समस्या देखिएको छ । निजी क्षेत्रलाई पटक पटक निराश बनाउने काम भएको छ । यसकारण यसको ज्ञान हुनु जरुरी छ ।
नियन्त्रणमुखी भन्दा पनि उदार नीति लिन सक्ने बृहत् सोच भएको गभर्नर नियुक्त भए मात्रै अर्थतन्त्र गतिशील बन्न सक्छ भन्ने लाग्छ । बैंकहरुको सरकारसँग समन्वयन गर्दै केन्द्रीय बैंक र सरकारको काम कारबाहीको दायरा अनुसार अघि बढ्न सक्ने र आवश्यकताअनुसार नीतिगत हस्तक्षेप गर्नेसक्ने हिम्मत र सोच अबको गभर्नरमा हुन जरुरी छ भन्ने मलाई लाग्दछ ।
साथै, आगामी गभर्नरमा कुशल व्यवस्थापकीय क्षमता अपरिहार्य छ। केन्द्रीय बैंक बैंकहरुको पनि बैंक हो । यसको उचित व्यवस्थापन हुन नसक्दा पछिल्लो समय राष्ट्रबैंकप्रति नै विश्वास हराउँदै गएको अवस्था छ। यसकारण अब गुम्दै गएको यो विश्वासलाई जगाउनमा पनि आगामी गभर्नरमा कुशल व्यवस्थापकीय क्षमता हुन जरुरी छ भन्ने लाग्दछ।
गभर्नरले अर्थतन्त्र बुझेको, निजी क्षेत्र मैत्री, अन्तर्राष्ट्रिय संघ संस्थासँग समन्वय गर्न सक्ने क्षमता त चाहिन्छ नै त्यसबाहेक सम्बन्ध विस्तार गर्न सक्ने क्षमता भएको व्यक्ति हुनु जरुरी छ । अहिलेको शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने, सकारात्मक ऊर्जा दिने व्यक्ति अबको आवश्यकता हो भन्ने लाग्दछ ।
अर्थतन्त्रको गति सुस्त हुनु र सरकारले खर्च गर्न नसक्ने अवस्था सिर्जना भएको कारण नकारात्मक सन्देश गइरहेको अवस्था छ। ‘मनि सर्कुलेसन’ बढ्न सकेको छैन । राष्ट्र बैंकमा पैसा थुप्रँदै जाने, डलर महँगिरहने, बजारमा पैसा प्रवाह नहुने समस्याले बढेको कारण विभिन्न समस्याको चापमा हामी उभिएका छौ तसर्थ यी तमाम समस्याको समाधान सहित अर्थतन्त्रलाई गति दिन सक्ने र उत्पादन र उत्पादकत्व बढाउने गरी काम गर्ने व्यक्ति अबको गभर्नर हुनुपर्छ भन्ने मेरो धारणा हो ।


































