National life

नयाँ स्टक ल्याउने बहानामा नेप्सेको ६० अर्ब सम्पत्ति सिद्ध्याउने खेल भइरहेको छ: बास्तोला

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ पुस २०८१, सोमबार
1.5kShares
नयाँ स्टक ल्याउने बहानामा नेप्सेको ६० अर्ब सम्पत्ति सिद्ध्याउने खेल भइरहेको छ: बास्तोला
ncell

लामो समयदेखि नयाँ स्टकको आवश्यकताबारेमा चर्चा चल्दै आएको छ । सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्न अनुमति दिने प्रक्रिया अघि बढाएसँगै यसको चर्चा थप चुलिएको छ ।

नयाँ स्टकबारे अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन अर्थ मन्त्रालय पठाउने निर्णय मन्त्रिपरिषद बैठकले गरेसँगै यसको पक्ष र विपक्षमा मत बाझिन थालेको छ । यसअघि २०८० वैशाखमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नयाँ स्टक एक्सचेन्ज खोल्ने प्रक्रियामा रोक  लगाएका थिए। आर्थिक चलखेल हुन लागेको भन्दै संसदमा विरोध पनि भएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एका थरीले यसको आवश्यकता अपरिहार्य भएको भन्दै नयाँ स्टक ल्याउनु स्वागतको विषय भएको चर्चा गरिरहेका छन् भने अर्कातर्फ नेपाल स्टक एक्सचेन्जको स्तर उन्नति गर्नेको सातो नयाँ ल्याउनु भनेको स्वार्थमुखी देखिएको भन्दै विरोध जनाएका छन् । यही सन्दर्भमा आर्थिक भ्वाइसले शेयर लगानीकर्ता नयन बास्तोलालाई नयाँ स्टकको आवश्यकता किन छैन भनेर सोधेको छ । प्रस्तुत छ बास्तोलाको धारणा

नेपालको अर्थतन्त्र अनुसार जति वटा कम्पनी नेपाल धितोपत्र बोर्डसँग लिस्टेड कम्पनी छन् त्यसलाई आधार मानेर हेर्ने हो भने वर्तमान समयमा नेपालमा नयाँ स्टक कम्पनीको आवश्यकता छैन वा चाहिदैन् भन्ने मेरो पहिलो धारणा हो।

मेरो भनाई अझै प्रस्टसँग भन्नुपर्दा जति वटा लिस्टेड कम्पनी छन् तिनीहरूले प्रतिनिधित्व गर्ने कम्पनीको आधार र सहभागिता जनाउने कम्पनीको संख्यालाई आधार मान्ने हो भने नयाँ स्टकको आवश्यकता कहीकतैबाट देखिदैन्। अर्को भनेको रियल सेक्टरका कम्पनीको संख्या निकै न्यून छ यसले पनि दोस्रो स्टकको आवश्यकता छैन भन्ने नै आधार देखाएको छ ।

हालको धितोपत्रबोर्डमा नेपाल सरकारको करिब ५८ प्रतिशत आसपासमा शेयर देखिन्छ। नेपाल सरकारले धितोपत्र बोर्डलाई हेर्ने दृष्टिकोण राजनीतिक शक्ति अनुसार फरक फरक भएको छ। स्थानी सरकार नहुनु , पटक पटक फेरिने सरकारले फेरि बोर्डलाई गर्नुपर्ने निगरानी र दायित्व समेत फेरबदल हुनु र समयसापेक्ष अनुसार फेरबदल गर्न नसकेकै कारण हाल बोर्डको अर्को विकल्प खोज्नुपर्छ भन्ने प्रश्न उठ्नु सामान्य विषय हो भन्ने लाग्छ ।

 तर वास्तवमै त्यस्तो हो त भनेर हामीले गहिरो गरी समीक्षा गर्न चाही आवश्यक छ भन्ने मलाई लाग्छ। नेपालमा अहिले शेयर बजारको बाटो एकतर्फी बनेको छ। खरिद गर्ने र बिक्री गर्ने यस बाहेक गर्नुपर्ने थुप्रै कुराहरू छन् जुन न सरकारले गर्न सकेको छ न अन्य सम्बद्ध निकायले नै । त्यस्तो किन हुन सकिरहेको छैन भने यसमा सरकार नै दोषी देखिन्छ सरकारको अक्रमयता नै हो भन्ने मेरो बुझाई छ।

यदि यही अवस्थामा नेप्सेको पुनः संरचना नगरीकन हेर्ने हो भने ५० देखि ६० अर्बको सम्पत्ति ध्वस्त पार्ने चलखेल नै नयाँ ल्याउनुपर्छ भन्ने माग हो। खै त आधार के का लागि नयाँ किन नयाँ? कुन कुरा पुरा गर्नका लागि नयाँ ? म प्रश्न गर्न चाहन्छु । पुँजी संरचना गर्ने, विदेशी लगानीकर्ता भित्र्याउने , आइपीओ निष्कासन गर्ने लगायतका काम गर्दा समेत नभएपछि नयाँ ल्याएर समाधान हुन्छ र ?

नेपाल स्टकलाई भने नयाँ केही गर्नै नदिने एउटा फाइन लगाएर तिर्न खोज्दा समेत बर्षदिन ६ महिना अलमलाइदिएर सकेसम्म अन्योलमा पार्ने, सुधार आउन नदिने अनि क्षणिक व्यक्तिहरूको स्वार्थ जोडिएको नयाँ स्टक चाहियो भनेर हुन्छ र ? त्यो त मैले अगाडि नै भनेजस्तो सरकारको बोर्डमा लगानी भएको ६० अर्ब रुपैयाँ कसरी निल्न सकिन्छ भन्ने दाउ हो, खेलो हो।

हाल नेप्सेले ७०, ७५ प्रतिशतको हाराहारीमा लाभांश दिने तयारी गरिरहेको छ । नेपाल सरकारको सबैभन्दा बढी नाफामा चलेको एउटै संस्थान होला नेप्से, बाकी क्षेत्र पुरै बिचौलियाले ध्वस्त बनाइ सकेको अवस्था छ। सरकारले पुँजी बजारका लागि धेरै केही गर्नुपर्ने अवस्था नै छैन । वित्तीय रिपोर्ट तयार गरेर पुँजीगत संरचनामा फेरबदल गर्ने र केही प्रतिशत शेयर विदेशी साझेदार कम्पनीहरूलाई बेचेर वा लगानी भित्र्याएर अन्तर्राष्ट्रिय स्तरको बनाउने गरी सोच्ने हो भने नयाँ स्टक चाहिन्छ भन्ने यहाँ कोही हुँदै हुँदैनन् ।

आज जो जसले नयाँ स्टक चाहिन्छ भनेर बोलिरहेका छन् वा पुरानोको विकल्प खोजिरहेका छन् । ती सबैमा वितृष्णा पैदा भएको हो। हालको नेप्सेमा देखिएको समस्या बुँदागत रूपमा समाधान भएर अगाडि बढोस् त यहाँ यो वा त्यो चाहिन्छ भनेर माग गर्नेहरूको संख्या देखिनै छोड्छ ।

नयाँ स्टक भित्र्याउँदा बित्तिकै हाल नेपाल स्टक एक्सचेन्जमा जे जति कम्पनीहरू छन् । ती सबै सर्लक्क त्यही नयाँको भिडमा दौडिन्छन् । अनि नेप्सेको अवस्था के हुन्छ ? पुँजीको हालत कहाँ झर्छ ? अनि फेरि केही वर्षपछि हाम्रो स्टक कौडीको भाउमा जान्छ अनि लौ यस्तो त भएन यी दुइ स्टक कम्पनीलाई मर्जर गर्नुपर्छ भन्दै कराउने पनि त यहीँ भिड् होला नि हैन र?

यसकारण हामीले अहिले क्षणिक रूपमा सोचेर कराएर हुँदैन, दीर्घकालीन सोच्नुपर्छ भन्ने मेरो बुझाई हो। सीमित व्यक्तिहरूको स्वार्थ जोडिएको नयाँ स्टक कुनै पनि हालतमा आवश्यकता पनि छैन र स्वीकार्य पनि छैन । यहाँ नेपाल स्टक एक्सचेन्जलाई गिराउन र सक्काउन योजनाबद्ध काम भएको छ। यसलाई सक्काउनलाई निकै ठुलो आर्थिक चलखेल र योजनाबद्ध गतिविधि भएको छ। नयाँ स्टकको बहानामा सरकारको सम्पत्तिको सत्तेनाश गर्ने विकल्प बाहेक अरू केही होइन भन्ने मेरो दाबी हो ।

हालको अवस्थामा शेयर बजार नबढेको हैन , यहाँ त बिचौलियाहरू सलबलाएका छन् । कसरी मास्न सकिन्छ भनेर अर्थ मन्त्रालयभित्रकै केही बिचौलियाहरू क्रियाशील छन् । उनीहरूले शेयर बजारको विकास र बिस्तार हुनै दिएका छैनन् । यता नेप्सेको विकाश र बिस्तार हुन नदिने अनि अर्कोतिर नयाँ लाइसेन्स दिन भित्रैभित्रै खासखुसे गर्ने यी बिचौलियाहरूको कारण नेपाल स्टक धरापमा छ ।

मेरो भनाइ नयाँ हुन जरुरी छ नभई हुँदैन भन्ने नै निष्कर्ष हो भने पनि यसको सर्त र सीमा हुन आवश्यक छ । हालको स्टकमा कुनै प्रभाव र असर नपुग्नेगरि काम गर्न सकिन्छ तर सीमित स्वार्थ मिसिएको नयाँ स्टक लाइसेन्सको आवश्यकता छैन भन्ने मेरो धारणा हो ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?