काठमाडौँ । कर्णाली विकास बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेसँगै बैंक वित्तीय संस्थामा आशा र निराशाको चर्चा चुलिएको छ। तथ्यको आधारमा बैंकहरुको कर्जा प्रवाहमा सुधार आएको भए पनि अपेक्षा अनुरूप बैंक वित्तीय संस्थामा विश्वास पलाउन नसक्दा यो क्षेत्रमा हुनु पर्ने जत्तिको सुधार हुन सकेको छैन ।
हाम्रो बैंक वित्त कति सुरक्षित छन् ? बजारमा खराब कर्जा बढ्नु र कर्जा परिचालन हुन नसक्नुको कारण के हुन सक्छ लगायतको प्रश्न आर्थिक भ्वाइसकर्मी जसिन्द्र श्रीपालीले सम्बन्धित विषय विज्ञ अनलराज भट्टराइलाई सोधेका छन् । प्रस्तुत छ भट्टराइसँग गरिएको कुराकानीको सम्पादित अंश ।
पहिलो विषय यहाँले जसरी बैंकको सुरक्षा र निक्षेपकर्ताको विश्वासको कुरा जोड्नुभएको छ यो साझा प्रश्न र जिज्ञासाको विषय बनेको छ भन्ने मेरो पनि बुझाई हो। यसकारण यो विषयमा अहिलेको अवस्थामा सबै बैंकको आर्थिक अवस्था बलियो भएको छ। केही समस्यामा देखिएको भए पनि तिनीहरूको सही समाधान भएको कारण ढुक्क भएर बैंकमा कारोबार गर्न सकिने अवस्था बनको छ।
समस्या जस्तो देखिएको वा नियमित रूपमा चलिरहेको बैंक तथा वित्तीय संस्थामा राष्ट्र बैंकले प्रभावकारी रूपमा नियमन र निरीक्षणको गर्दै आएको कारण निक्षेपकर्ता सुरक्षित नै छन् भन्ने मेरो साझा सन्देश हो । अर्को भनेको यहाँले बैंकको खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको विषय उठाउनुभएको छ यसको केही पृष्ठभूमिदेखि नै हेर्नुपर्छ भन्ने लाग्छ ।
जब नेपालमा ७२ सालको महाभूकम्प आयो त्यो बेला देखि नै बैंकको पुँजी मूल्याङ्कन ४ गुणा भएको थियो। त्यसपश्चात् हाम्रो अर्थतन्त्रको ग्रोथ निकै राम्रो भएको थियो। हाम्रो जिडिपीमा अपेक्षित वृद्धि भएको थियो। संकटको अवस्था पार गरेर पनि कर्जा प्रवाहमा निकै फड्को मारेको अवस्था थियो। २०१५ सम्म हेर्ने हो भने नि हामीसँग १३ खर्ब बराबरको कर्जा थियो।
त्यसपश्चात् कोभिड आउनु अगाडि हाम्रो कर्जा ३२ खर्बको रेसियोमा पुग्यो । नेपाल बैंक स्थापनाकालदेखि त्यो समयसम्म आउँदा त्यति रहेका हाम्रो कर्जा पछिल्लो ५,६ वर्षको अवधिमा वा २०१५ देखि २० सम्म आउँदा दोब्बरले वृद्धि हुन गयो । र त्यसयता अर्थात् २०२० देखि २०२४ सम्म आउँदा हामी करिब ५४,५५ खर्ब कर्जामा छौ । यो भनेको कर्जाको वृद्धि जुन गतिमा भयो त्यो गतिमा हाम्रो उत्पादन हुन सकेन , हामी धेरैजसो आयतमुखि भयौ।
जसरी उत्पादनलाई आन्तरिक उत्पादनलाई वृद्धि गरेर आयातलाई कटौती गर्नुपर्ने थियो त्यस्तो हुन वा गर्न सकिएन बरु हामी उपभोगमा बढी केन्द्रित भयौ । हो यहीबाट हाम्रो पोलेसिहरुमा त्रुटि हुन थाल्यो । हामीले बाटो बिराउन थाल्यौ । आयातमा भरपर्दा सरकारको राजस्वमा वृद्धि देखिन थाल्यो , कर्जा वृद्धि हुँदा बित्तिकै आयातमा वृद्धि आउन थाल्यो त्यसो हुँदा सरकारको राजस्व वृद्धि हुने ठाउँ नै कस्टम हुन पुग्यो ।
विशेषगरि गाडीहरूको केशमा २५० सम्म कस्टम राख्ने गरेका थियौ, यसो गर्दा कम्तीमा एउटा गाडी नेपाल भित्रिदा २ वटा गाडी बराबरको पैसा सरकारले असुली रहेको थियो । त्यसो हुँदा सरकारलाई पनि रमाइलो नै लाग्ने भयो नै । पैसा सस्तो थियो, आम मान्छेको आम्दानी राम्रो थियो, सरकारको आयस्रोत वृद्धि भएको थियो । यसकारणले बैंकहरुको खराब कर्जा बढ्न गयो, हामीले उत्पादनमुखी हुनुपर्ने ठाउँमा आयातमुखी हुन गयौ फलस्वरूप हाम्रो बाटो त्यहीबाट बिग्रिएको हो भन्ने मेरो बुझाई हो ।
उत्पादनशील क्षेत्रमा हाम्रो कुनै पनि काम हुनै सकेन चिनी उद्योगहरू लगानी बढ्न सकेन, यो सबै कुराको निष्कर्ष के हो भने २०२२ सम्मको अन्त्यसम्म हामीले असाध्यै धेरै उत्साहित भएर काम गर्यौ, १० वर्षको अवधिमा हामीले ४ गुणा कर्जा बढायौ तर उत्पादनमा आधारित नभएसम्म रोजगारी सृजना हुने कुरा भएन । हामी उपभोगमा केन्द्रित भयौ हुँदा आम्दानी बढ्ने कुरा आएन यसले कहाँनेरि प्रभाव पार्यो भन्नुहुन्छ भने हाम्रो सम्पत्तिको मूल्य दोब्बर बढ्न गयो त्यो चाहे घरजग्गाको होस् वा अरू त्यही सेक्टरको ।
त्यो अधिक बुद्धिलाई धान्ने हाम्रो आम्दानी नि भएन आम्दानीको वृद्धि नहुँदा जग्गाको मूल्यदेखि सम्पत्तिको मूल्यसम्मको अधिक वृद्धि हुन गर्यो जसको कारण आम्दानीले धान्न नसकेपछि बैंकले लिलाम गर्यो फेरि बैंकले गरेको लिलाम सम्पत्ति समेत खरिद गर्नका लागि बजारमा वा आम नागरिकसँग आर्थिक मन्दीको प्रभाव कायमै हुन् गयो । त्यसकारण बैंकमा कर्जा बढिरहेको छ।
अर्को भनेको हाम्रो बुझाई के भयो भने बैंकले खरिद गरेको सम्पत्ति लिलामी भएन भन्ने छ । तर मुख्य कुरा लिलामी भएको बिक्री नभएको होइन बरु लिलामी गरेको खरिद गर्न यो लगानीयोग्य सम्पत्ति हो भन्ने विश्वास गुम्दै गएको हो। बैंकमा कर्जा प्रवाह नहुनु, खराब कर्जाको बढोत्तरी आउनु वा बैंकिङ सम्पत्ति बढ्नु भनेकै आम जन मानसमा लगानी गर्ने भावना वा उत्साह छैन भन्ने हो । हामीले सुधार गर्नुपर्ने यहाँ हो मानिसको उत्साह कसरी थप गर्ने भन्ने तिर हो तर ठिक त्यसको उल्टो भएको छ । हाम्रो चिन्ता बैंकको कर्जा बढ्यो भन्नेमा केन्द्रित छ ।
बैंकमा कर्जा बढ्नु आजको समस्या हो त्यो केहि महिना वा हप्तामा सुधार आउन सक्छ तर हामीले दीर्घकालीन समाधान के खोज्यौ त भन्ने मुख्य प्रश्न हो । हालको मुख्य समस्या भनेकै लगानीको हो । बैंकहरुले जनमानस कहाँ गएर बैंकमा प्रशस्त पैसा भयो लिन आऊ भनेर दबाब दिने कुरा आएन तर मानिसहरूलाई नै कसरी उक्त बैंकबाट कर्जा लिएर उत्पादनमा जोड्ने भन्नेमा पोलेसीको कमी भएको छ । त्यतातिर ध्यान जानु जरुरी छ ।
पानी मात्रै हो एक ठाउँबाट अर्को ठाउँमा बग्दा घट्ने वा सुक्ने पैसाले एक ठाउँबाट अर्को ठाउँमा जाँदा वृद्धि चाहन्छ । यसकारण बैंकबाट पैसा ल्याउनका लागि पनि लगानीको ठाउँ हुन आवश्यक छ । पहिले त्यो नीतिमा ध्यान दिनु जरुरी छ त्यसपश्चात् बैंक वित्तीय संस्थामा कर्जा बढ्यो, लगानी भएन भन्ने जस्ता प्रश्न स्वतः खारेज हुन्छ भन्ने मेरो बुझाई हो । जबसम्म लगानीमा प्रतिफल बढ्दैन तबसम्म यो क्रम जारी रहन्छ । यसर्थ सबै निकायले लगानी बढाउने र उत्पादनशील क्षेत्रमा खर्च गर्ने नीति बनाउन आवश्यक छ भन्ने मेरो धारणा र सुझाव हो।
































