National life

भारत पाकिस्तानको सम्भावित युद्धले नेपालको अर्थतन्त्रमा पार्न सक्ने असर र चुनौती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
1.4kShares
भारत पाकिस्तानको सम्भावित युद्धले नेपालको अर्थतन्त्रमा पार्न सक्ने असर र चुनौती
ncell

काठमाडौं। भारतको कश्मीरस्थित पहलमा भएको आतङ्कवादी हमलाको जवाफमा भारतले पाकिस्तानमाथि सैन्य आक्रमण सुरु गरेको छ । अप्रिल ७ को राति भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित जम्मू कश्मीरका नौ वटा स्थानहरूलाई लक्षित गर्दै ‘अपरेसन सिन्दुर’ नाम दिएर आक्रमण सुरु गरेको हो ।

आणविक हतियारले सम्पन्न भारत र पाकिस्तानबिच सैन्य टकराब भएको यो पहिलो पटक भने होइन । यी दुई देशहरू कयौँ पटक आमनेसामने भइसकेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
भारत र पाकिस्तानबिच युद्धको सुरुवात सन् १९४७ देखि नै भएको हो।

भारत र पाकिस्तानबिच युद्ध लम्बिँदै जाँदा नेपालमा कस्तो प्रभाव पर्न जान्छ । युद्ध लम्बिँदै जाँदा नेपालको आर्थिक संकटमा कस्तो प्रभाव पर्छ ? प्रस्तुत छ अर्थविद् केशव आचार्यसँग आर्थिक भ्वाइसले गरेको कुराकानीको सम्पादित अंश ।

पहिलो कुरा त यहाँले भनेझैँ भारत पाकिस्तान युद्ध यो नै पहिलो होइन तर १९४८ को भारत पाकिस्तान युद्ध होस वा १९६२ को चारत चिन युद्ध, वा १९७१ को भारत पाकिस्तान युद्ध नै किन नहोस् सबै सबै युद्धको फ्रन्ट लाइनमा गोर्खा सैनिक उभाइने वा पठाउने गरेको अवस्था छ । सबैभन्दा अग्रपङ्क्तिमा उभिने भनेकै गोर्खा सैनिक हुन यसकारण हाम्रो अन्तर्राष्ट्रिय छविमा प्रत्यक्ष असर पुगेको छ ।

हाम्रो लेनादेना न चाइना न पाकिस्तान तर पनि हाम्रो नेपाली जवानहरू दुवै देशसँग लडिरहेका छन् । यदि युद्ध नै भयो वा हालको लडाई लम्बियो भने युद्धको तयारीमा भारतले लाखौँ सैनिक तयार गर्नुपर्ने हुन्छ यदि त्यस्तो अवस्था आएको खण्डमा नेपालको निर्यातमा ठुलो असर देखिन्छ । नेपालमा भारत हुँदै भित्रिने खाद्यान्न देखि औषधिमूलोसम्म बन्देज हुन जान्छ यसको असर सामान्य छैन ।

किनकि उसको सम्पूर्ण शक्ति सैनिक निर्माणका लागि लगाउनुपर्ने हुन्छ । हाल नेपाल भारत व्यापारमा जति सहजता छ त्यसको ठिक विपरीत हुन्छ । त्यसको प्रत्यक्ष प्रभाव हाम्रो देशमा देखा पर्न जान्छ । अर्को भनेको भारतले बजेट निर्माणमै नेपालमा विभिन्न शीर्षकमा छुट्टाएर निश्चित रकम वितरण गरेको हुन्छ त्यो समेत प्रभावित बन्न जान्छ ।

हाल भारतले दिँदै आएको आर्थिक सहयोग र भारत सरकारद्वारा नेपालमा सञ्चालन भएको सम्पूर्ण परियोजना, आयोजना पूर्णरुपमा बन्द हुन जान्छ त्यसले हाम्रो अर्थतन्त्रको सन्तुलन ध्वस्त पार्छ, आर्थिक संकट पैदा हुँदै जान्छ । साचिक्कै आजको लडाई युद्धमा परिणत भयो भने भारतमा आर्थिक मन्दी हुन थाल्छ र त्यसको मारमा नेपाल समेत पर्न जान्छ ।

यता, पाकिस्तानले पनि मेडिकल साइन्स र इन्जिनियरिङ क्षेत्रमा छात्रवृत्ति नै दिएर विद्यार्थीहरू पढाएको अवस्था छ । यसकारण पनि युद्ध भएको अवस्थामा अप्ठ्यारो पर्ने देखिन्छ  । तर गोर्खालीले हाम्रो प्राण लिन्छन् भनेर र अर्को पाकिस्तानको अर्थतन्त्रमा संकट पर्ने भएको कारण पनि यो युद्धकै रूपमा जान्छ जस्तो लाग्दैन तथापि गएकै अवस्थामा भारतबाट वा पाकिस्तानकै साइडबाट समेत नेपाललाई प्रत्यक्ष असर पुग्न जाने देखिन्छ ।

यता भारतले जम्मु कश्मीरको चेनाब नदीमा सियाल र बगलिहार बाँधका ढोका बन्द गरेको छ। यसले पाकिस्तानमा जलसंकट पर्ने देखिन्छ यसकारण पनि पाकिस्तानले युद्धको साटो वार्ता रोज्ला भन्ने लागेको छ ।

भारत पाकिस्तान युद्ध लम्बिएको खण्डमा नेपालमा त्यस्तो असर क्रमिक रूपमा देखिँदै जान्छ । त्यस्तो भएको खण्डमा नेपालले समेत आफ्नो तयारी गर्नुपर्ने हुन्छ । नेपालले युद्धको आयतनबारे भारत र पाकिस्तानकै राजदूतसँग तीव्र वार्ता गर्न जरुरी छ । त्यसपश्चात् त्यहाँबाट आउने सम्भावित जवाफ पश्चात् हाम्रो खाद्य संस्थानमा समयमै खाद्यान्न स्टोर गर्न जरुरी छ ।

हाल बजेट निर्माणको समय समेत भएको कारण बाकी योजनालाई ओझेलमा पारेर समेत सरकारले नागरिकमा आउन सक्ने समस्यालाई पहिलो प्राथमिकतामा राख्न जरुरी छ । दैनिक भान्सामा प्रयोगमा आउने सामाग्रीदेखि औषधि उपचार लगायतका संवेदनशील विषयमा मौज्दात गर्नु जरुरी छ । साथै वाणिज्य विभागले समेत हामीले हाल आयात गर्ने सामानको आयात लागत निर्धारण गरेर खबरदारी गरेर निगरानी बढाउनु जरुरी छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?