National life

शिक्षक पेसासँगै बीमाको चेतना जगाउँदै दृष्टिविहीन बीमा अभिकर्ता खत्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० कात्तिक २०८१, शुक्रबार
1.5kShares
शिक्षक पेसासँगै बीमाको चेतना जगाउँदै दृष्टिविहीन बीमा अभिकर्ता खत्री
ncell

काठमाडौं । दृष्टिविहीन भन्नेवित्तिक्कै तपाईँको मनमा के आउँछ ? पक्कै पनि कसरी हिँड्छन् होला ? कसरी खान्छन् होला ? वा आफ्ना अन्य कामहरू कसरी गर्छन् होला ? भन्ने सोच्दा सोच्दै एउटा छुट्टै काल्पनिक संसारमा त पक्कै पुग्नु भयो होला।

तर दृष्टिविहिनहरुले पनि चाहेमा सामान्य मानिसजस्तै धेरै कुराहरू गर्न सक्छन् । उनीहरूले पनि आफ्नो लागि मात्र नभई अरू मानिसहरूको लागि समेत काम गरिदिन सक्छन् भन्ने कुरामा शकां गरिरहन पर्दैन ।

एक अर्काप्रतिको विश्वास सहितको केही कुरामा मन्जुरी दिनु नै बीमा हो

यस्तै दृष्टिविहीनहरूले पनि काम गर्न सक्ने र अर्को नागरिकका लागी ठुलो सहयोग गर्न सक्छन् भन्ने उदाहरण बनेका छन्, पोखराका जीत बहादुर खत्री ।
3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दृष्टिविहीनले पनि चाहेमा गर्न सक्छन् भन्ने कुरामा विश्वास गर्ने जीतले जीन्दगीमा साँच्चिकै ठुलो जीत हात पारेका छन् ।

अभिकर्ताहरूले बीमा कम्पनीको लागि काम गर्ने भएकाले बीमा कम्पनीले कस्ता ब्यक्ति अभिकर्ता बनाउने भन्ने अधिकार बीमा कम्पनीको नै हुने गर्छ । तर आफूजस्ता दृष्टिविहीनहरूले पनि अवसर पायो भने काम गर्न सक्छन् भन्ने उदाहरण आफू बनेको जीतबहादुरको भनाइ छ ।
समाजमा हामी दृष्टिविहीनहरूले पनि काम गरिरहेका छौँ भनेर भन्न पाउँदा एकदमै खुसी लाग्छ । गर्वको अनुभूति हुन्छ ।

बागलुङको गलकोट नगरपालिका ५ पुख्र्यौली घर भएका जीत बहादुर हाल पोखराको सृजना चोकमा बस्दै आएका छन् । २०६१ साल देखी नै शिक्षक पेसामा जोडिएका जीतबहादुर हाल पढाउने कामसँगै बीमा अभिकर्ता पेसामा समेत जोडिएका छन् ।

बीमा क्षेत्रमा दृष्टिविहीनहरूको संलग्नता कम देखिएपछि बीमाको नियामक निकाय नेपाल बीमा प्राधिकरणले नै दृष्टिविहीनहरूलाई बीमा अभिकर्ता बनाउन सक्ने व्यवस्था गरेको छ ।

केही समय पहिले सन् २०१७ तिर आफूले पढाउने जागिर छाडेर बसीरहेका जीतबहादुरलाई उनका मामा पर्ने ईश्वर खड्काले खाली बस्नुभन्दा अभिकर्ता भएर काम गरे फाइदा हुन्छ भनेर सम्झाएपछि उनी अभिकर्ता पेसामा जोडिएका थिए ।

बिबिए सम्मको अध्ययन गरेका जीतबहादुर अहिले पनि पोखराकै विद्यालयमा पढाउने काम सँगसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखामा सिनियर एजेन्सी म्यानेजरको रूपमा काम गरिरहेका छन् ।
बीमा भनेको दुई व्यक्तिबिचको करार हो । एक अर्काप्रतिको विश्वास सहितको केही कुरामा मन्जुरी दिनु नै बीमा हो ।

‘समाजमा हामी दृष्टिविहीनहरूले पनि काम गरिरहेका छौँ भनेर भन्न पाउँदा एकदमै खुसी लाग्छ । गर्वको अनुभूति हुन्छ ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।

बीमा अभिकर्ता बन्नको लागि सबैभन्दा पहिला अफुमा प्यासन हुनुपर्ने उनी बताउँछन् । आर्थिक भ्वाइससँग कुराकानी गर्दै उनले भने, ‘बीमा अभिकर्ता बन्नका लागि सबैभन्दा पहिला त आफूमा प्यासन हुनुपर्छ, सुन्ने धैर्यता हुनुपर्छ । त्यो भन्दा माथि आँट, साहस र आफूमाथि नै विश्वास पनि हुनु जरुरी छ । जसलाई बीमाप्रति रुचि छ उसले मात्रै अभिकर्ता बन्नुपर्छ ।’

झुटको खेती भन्दा पनि यर्थाथताको खेती गर्नका लागि बीमा अभिकर्ता बन्नुपर्ने उनी बताउँछन् ।

सबैभन्दा पहिले आफ्नै बीमा गरेर अभिकर्ता पेसा सुरु गरेका जीत बहादुरले दृष्टिविहीन भए पनि आफूलाई कहिल्यै कमजोर ठानेँनन। म सामान्य मानिस सरह नै काम गर्न सक्छु भन्ने सोच उनको थियो ।

सानातिना कुरामा अल्झिन थाल्यो भने ठुलो कुरा कसरी गर्न सकिन्छ र भन्ने म सोच्ने गर्छु , त्यस कारण त आज म यो ठाउँमा छु ।

‘म अभिकर्ता बनिसक्दा सम्म पनि कसैले मलाई दृष्टिविहीन हो भनेर शङ्कासम्म पनि गरेका थिएनन् । जब म आफ्नै बीमा गर्नका लागि नागरिकता लिएर गए तब मात्र मलाई दृष्टिविहीन रहेछ भनेर मेरो सिनियरहरुले थाहा पाएका थिए । किनभने दृष्टिविहीन भए पनि मैले कहिल्यै पनि ह्वाइट क्यान बोकेको छैन । मेरो धारणा नै आइ क्यान, विथआउट ह्वाइट क्यान भन्ने हो ।’ उनले आर्थिक भ्वाइससँगको कुराकानीका क्रममा भने ।

उनले अगाडी थपे, ‘नेपाली समाजमा अझै पनि हामीहरूलाई हेर्ने दृष्टिकोण बदलिन त सकेको छैन । कतिपयले अझै पनि हामीलाई यसले के नै गर्न सक्छ र ? भनेर पनि भन्ने गर्छन् । तर सानातिना कुरामा अल्झिन थाल्यो भने ठुलो कुरा कसरी गर्न सकिन्छ र भन्ने म सोच्ने गर्छु , त्यस कारण त आज म यो ठाउँमा छु ।’

सन् २०१७ देखी आजसम्म करिब ५ सय भन्दा बढी जनाको बीमा गराइसकेको बताउने जीतबहादुरले कम्पनीबाट प्रोत्साहन स्वरूप धेरै सम्मान तथा पुरस्कारहरु प्राप्त गरिसकेका छन् ।

 

सन् २००१९ मा त उनी गण्डकी प्रदेश नै टप गरेको थिए । यस्तै कम्पनीको तर्फबाट उनले देशका विभिन्न स्थानसहित थाइल्यान्ड सम्मको भ्रमण समेत गरिसकेका छन् ।

बीमा अभिकर्तावाट भएको कमाइमा नै खुसी देखिन्छन् । उनका अनुसार अभिकर्ता बनेर कति कमाउने भन्ने कुरामा कुनै किसिमको लिमिटेसन छैन ।

उनी भन्छन्, ‘बीमा अभिकर्ता बनेपछि कति कमाउने भन्ने कुरा आफैले तय गर्नुपर्छ । अभिकर्ताको माथिल्लो पदमा गएपछि कम्पनीले दिने तलव स्केल त आफ्नो ठाउँमा छ । तर त्यसभन्दा बढी कति कमाउने भन्ने कुरा आफैले तय गर्नुपर्छ । जे होस् यसबाट हुने कमाइ मेरो लागि पर्याप्त छ ।’

‘मानिसहरूले मर्छु भनेर बीमा गर्ने होइन । मानव जीवनमा अकस्मात् आइपर्ने भवितव्यको जोखिम कम गर्ने महत्वुपुर्ण औजार नै बीमा हो ।’

बीमा अभिकर्ता भएर काम गर्दै गर्दा आफूलाई साथीभाइ तथा घरपरिवारबाट पूर्ण रूपमा सहयोग पाएको उनी बताउँछन् ।
जीतबहादुरका अनुसार बीमा भनेको दुई व्यक्तिबिचको करार हो । एक अर्काप्रतिको विश्वास सहितको केही कुरामा मन्जुरी दिनु नै बीमा हो ।

उनले हामीसँगको कुराकानीको क्रममा भने, ‘मानिसहरूले मर्छु भनेर बीमा गर्ने होइन । मानव जीवनमा अकस्मात् आइपर्ने भवितव्यको जोखिम कम गर्ने महत्वुपुर्ण औजार नै बीमा हो ।’

नेपालमा भएका बीमा कम्पनीमध्ये नेपाल लाइफ नम्बर १ कम्पनी हो । पुँजीगत हिसाबले पनि निकै बलियो रहेको यो कम्पनी नेपालमै सबैभन्दा बढी बोनस दिने कम्पनीका रूपमा नेपाल लाइफ नै पर्ने उनको भनाइ छ ।

यस्तै कम्पनीले भुक्तानी दिनुपर्ने कुरा जस्तै दाबी भुक्तानी होस् या सरेन्डर वा अन्य भुक्तानी पनि तुरुन्त दिने कम्पनी भएकोले नेपाल लाइफमा बीमा गर्न उनी सुझाव दिन्छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?