National life

शेयर बजारले साउन महिनाभित्रै यस अघिका सबै रेकर्ड ब्रेक गर्छ : लम्साल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०१ साउन २०८२, बिहिबार
1.8kShares
शेयर बजारले साउन महिनाभित्रै यस अघिका सबै रेकर्ड ब्रेक गर्छ : लम्साल
ncell

काठमाडौँ । नयाँ आर्थिक वर्ष २०८२/८३ को पहिलो कारोबारका दिन आज शेयर बजारमा उछाल आएको छ । लामो समयदेखि २६ सयको आसपासमा रुमलिएको शेयर बजारले आज २८७४.६० बिन्दुमा प्रवेश गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति कार्यान्वयनमा आएपछि शेयर बजारमा तीव्र उत्साह देखिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मौद्रिक नीति मार्फत शेयर धितो कर्जाको सीमा १५ करोड रुपैयाँबाट बढाएर २५ करोड रुपैयाँ पु¥याएको छ । त्यसका साथै, नीतिगत दर घटाएर कर्जा सस्तो बनाउने संकेत, लघुवित्त कम्पनीको लाभांशमा रहेको १५ प्रतिशतको क्याप हट्ने सम्भावनाले समेत बजारमा थप ऊर्जा थपेको नेपाल इन्भेस्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले बताएका छन् ।

शेयर बजारका लागि अहिलेको मौद्रिक नीतिले दीर्घकालीन रूपमा बजारमैत्री वातावरण बनाउने विश्वास देखाएको लम्सालको भनाई छ । लगानी प्रवर्द्धन, ब्याजदरको सहजता, तरलता आपूर्तिमा सुधार तथा संस्थागत मुनाफा वृद्धिको मार्ग प्रशस्त हुने उनको भनाइ छ ।

'लामो समयको निराशालाई चिर्दै शेयर बजारमा १६ अर्ब ५९ करोड २१ लाख रुपैयाँको कारोबार हुनु लगानीकर्ताको आत्मबल बढ्नु हो । बजारले सबै समस्याको चरणहरू पार गरिसहेको छ अब निरन्तर अगाडि जानुको कुनै विकल्प छैन' लम्सालले भने ।

विश्लेषक लम्सालका अनुसार 'शेयर बजारले यति बिन्दु पार गर्छ भनेर ठ्याक्क भन्न सकिदैन् तर बजार बढ्ने नै हो । आर्थिक वर्ष सकिएसँगै सबै कम्पनीहरूको वासलात समेत आउने भएको कारण लोन लिनलाई सहज हुन जान्छ यसले लगानीकर्तालाई बजारतर्फ केन्द्रित गर्न सहयोग गर्छ ।'

साथै, साउन महिना शेयर बजारका लागि सिजनको महिना भएको कारण पनि बजारले गति लिने उनको भनाई छ । साउन महिनामा कम्पनीहरूको वित्तीय अवस्था र पफमेन्स देखिने भएको कारण आर्थिक वर्षको हिसाब सकिएसँगै व्यालेन्ससिट हेर्न सकिने भएको कारण कुन कम्पनीको क्षमता कस्तो छ भनेर बुझ्न सकिने उनको भनाई छ ।

शेयर धितो कर्जाको सीमा १५ प्रतिशतबाट २५ करोड रुपैयाँ पु¥याएको कारण यसले लगानीकर्तालाई ढाडस दिएको उल्लेख गर्दै यस बजारले यस अगाडिका रेकर्डलाई साउन महिनाभित्रै ब्रेक गर्ने उनको भनाई छ ।

२०८२ असारसम्ममा सेयर बजारका लगानीकर्ता ६३ लाख ९५ हजार पुगेका छन्। यो कुल जनसङ्ख्याको झण्डै २२ प्रतिशत हो । यसमध्ये २१ लाख लगानीकर्ता धितोपत्रको दोस्रो बजारमा सक्रिय रहेका छन्। देशको कुल जनसङ्ख्यामध्ये ठुलो हिस्सा सेयर बजारमा संलग्न रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?