National life

‘शेयर बजार धेरै तल जाँदैन, आत्मविश्वास फर्किएपछि उकालो लाग्छ’ : अर्थविद् अर्याल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० भदौ २०८२, सोमबार
1.8kShares
‘शेयर बजार धेरै तल जाँदैन, आत्मविश्वास फर्किएपछि उकालो लाग्छ’ : अर्थविद् अर्याल
ncell

काठमाडौँ। पछिल्लो राजनीतिक घटनाक्रम र आर्थिक उतार–चढावबिच बजार केही दिनयता दबाबमा देखिएको छ। हाल देशभर देखिएको जेन्जी आन्दोलनको प्रभावको कारण शेयर बजार आगामी महिना ४ गतेसम्मका लागि बन्द भएको छ ।

शेयर बजार विश्लेषक मुक्ति अर्यालका अनुसार अनपेक्षित अनिश्चितताबिच पनि बजारले पुनः केही सुधारको संकेत देखाउने सम्भावना रहेको बताएका छन्। नयाँ अर्थमन्त्री रामेश्वर खनालप्रति बजारमा नकारात्मक धारणा सहित सकारात्मक अपेक्षा रहेको भन्दै उनी नेतृत्वमा सरकारले सुरक्षाको ग्यारेन्टी गर्दै गतिविधि अघि बढाए बजार पुनः लयमा फर्कने अर्यालको विश्वास छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चुनाव नजिकिँदै गर्दा हुने खर्च तथा राजनीतिक गतिविधिले अर्थतन्त्रमा पैसाको आपूर्ति बढाउने भएकाले बजारमा तरलता आउने र त्यसको प्रभावले बजारमा चहलपहल बढ्न सक्ने अर्थविद्हरू अर्यालको भनाई छ ।

“बजार अलिकति तलमाथि भए पनि धेरै खस्कने अवस्था छैन, बरु आत्मविश्वास फर्किएपछि फेरि माथि जान सक्छ,” अर्थ विश्लेषक अर्यालले आर्थिक भ्वाइससँग भने। उनका अनुसार अहिले बजार घटिसकेको अवस्थामा लगानीकर्ताले पनि नयाँ अवसर देख्न सक्नुपर्ने बताएका छन् ।

दसैँ नजिकिँदै गर्दा उपभोग तथा बिक्री–वितरण बढ्ने भएकाले बजार अत्यधिक गिरावटमा जाने सम्भावना नरहेको बताइएको छ। समग्रमा, सरकार स्थिर हुने र अर्थतन्त्रलाई सुरक्षाको ग्यारेन्टी दिइने हो भने बजार क्रमशः पुनः उकालो लाग्ने उनको भनाई छ ।

यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?