National life

स्वायत्त निकायमा स्वार्थ समूहको दाउपेच, गभर्नर नियुक्तिमा आर्थिक र चुनावी चलखेल: प्रवक्ता झा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०६ जेठ २०८२, मङ्गलबार
1.2kShares
स्वायत्त निकायमा स्वार्थ समूहको दाउपेच, गभर्नर नियुक्तिमा आर्थिक र चुनावी चलखेल: प्रवक्ता झा
ncell

काठमाडौँ । झण्डै २ महिना रिक्त रहेको नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्ति प्रक्रियाले गति लिएको छ । प्रा.डा. विश्व पौडेललाई गभर्नर नियुक्ति गर्ने सहमति जुटेसँगै सिफारिस समितिको बैठक सुरु भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गभर्नर सिफारिस समितिको बैठक पश्चात् आजै मन्त्रिपरिषद् बैठक बोलाइएको छ । उक्त बैठकले पौडेललाई गभर्नर नियुक्ति गर्नेछ । पौडेल कांग्रेसको कोटाबाट गभर्नर बन्न लागेका हुन् । तथापि गभर्नर प्रक्रिया किन लम्बियो ?लम्बिनु पछाडिको कारण के हो भनेर आर्थिक भ्वाइसकर्मी जसिन्द्र श्रीपालीले रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झा लाई सोधेका छन् । प्रस्तुत छ झा को विचारको सम्पादित अंश

मुख्यता देश बनाउने एउटा प्रक्रिया अन्तर्गत सुरुमा राजनीतिक संस्कारको अभ्यास हुन्छ । त्यसपछि देशभरिको संस्थागत वा सांगठनिक संरचनाहरूको अभ्यास गरिन्छ वा हुन्छ । अनि सांस्कृतिक चरित्र पनि त्यसेमा जोडिने भयो नै । त्यो भनेको नेपाली एक तरिकाले प्रस्तुत हुन्छ । अन्य देशको कुरा गर्दा भारतीय, श्रीलंकालीको चिनारी अर्कै हुन सक्यो ।

सांस्कृतिक चरित्रलाई धर्म भनेर मात्र बुझ्नु हुँदैन । परिवारलाई नै उदाहरणका लागि लिन सकिन्छ। परिवारको गोत्र, जात, चरित्र अनि पेशा हुन्छ । त्यसले उसको आर्थिक दक्षता निर्माण गर्छ । समाजले पनि उसलाई त्यसै गरेर हेर्छ ।

देशको चित्र पनि त्यसरी नै बन्छ । देशको राजनीतिक, सामाजिक र आर्थिक चरित्र कस्तो छ भन्ने कुराले नै विश्वसामु हाम्रो चिनारी बन्ने हो। विश्वले हामीलाई त्यही नजरले हेर्छ । यिनै चरित्र बनाउने कुरामा हामी सधैँ चुकिराखेका छौँ । गभर्नर बनाउन आधारभूत प्रक्रिया छन्। राष्ट्र बैंकको ऐनले के भन्छ त्यही हेरे भइहाल्छ नै ।

सबै कुरा त्यहीँ लेखेको छ । देउवा र ओली भेटिरहन जरुरी छ र ? बौद्धिक उदारको अभ्यास गर्ने कि राजनीतिक कोटाको अभ्यास गर्ने भन्ने कुरा यसमा जोडिएर आउँछ ?

विशिष्ट श्रेणीमा काम गरिसकेको, मौद्रिक नीतिमा न्यूनतम यति अध्ययन भएको भन्ने खालका मापदण्ड छन् । निम्न किसिमको दक्षता भएका व्यक्तिले आवेदन दिन सक्नुहुन्छ भनेर बरु सार्वजनिक सूचना जारी गरे हुन्थ्यो नि । क्या राम्रो पनि देखिन्थ्यो । अमेरिकाको कुनै ठाउँमा बसिरहेको योग्य नेपालीले पनि भोलि म सक्षम छु भनेर आवेदन दिन सक्छ नि । मेरो पुर्खाको देशमा मेरो लागि ठाउँ छ है भनेर उसले सोच्न पाउँथ्यो ।

तर यहाँ त अब भट्ट र अग्रवालले कुन नाम पठाउँछ, अनि दाइभाउजू र बाले कुन नाम अनुमोदन गर्छन् भन्ने कुरामा अल्झिएर बस्यौँ । तर हुनुपर्ने त्यस्तो होइन । फलानो फलानो न्यूनतम मापदण्ड पुगेको नेपाली नागरिकले आवेदन दिनुहोला भनेर सार्वजनिक घोषणा गरे नियुक्ति प्रक्रिया उहिल्यै सकिन्थ्यो नि ।

अघि मैले हामीले परिवारको संस्कार हुन्छ, चरित्र हुन्छ भनेर भनेँ । कुनै एउटा संस्कार मिचेर तपाईँले समाजमा होहल्ला गर्न थाल्नुभयो भने छिमेकीले तपाईँलाई कसरी हेर्छन् ? देशले पनि तीन ओटा मध्ये कुनै एउटा संस्कार मिच्यो भने संसारले हामीलाई हेर्ने त्यसरी नै हो । समयमा आवधिक निर्वाचन नगराएर राजनीतिक संस्कार मिचिन्छ । त्यसै गरी सार्वजनिक संस्था वा पदमा नियुक्ति गर्न सकिरहेको छैन सरकारले भने सांगठनिक संरचनाको अभ्यास पनि मिचिएको मानिन्छ। तपाईँ गलत हुँदै हुनुहुन्छ भन्ने पर्याप्त आधार यिनै हुन् । मध्यरातमा आफ्नो संस्कार बिर्सिएर रक्सी पिएर हल्ला गर्न थाल्नुभयो भने समाज र छिमेकीले तपाईँलाई त्यही मूल्यांकन गर्छन् नि  । अनि अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक चित्र नै बन्ने हुन्छ ।

न्यु योर्क टाइम्सको सम्पादकले हामीलाई हेर्ने नजरसम्ममा फरक पार्छ, असर गर्छ । गठबन्धनमा बनेको बलियो सरकार हुँदा पनि गभर्नर नियुक्त गर्न सकिराखेको छ नै । यसले त राम्रो सन्देश जाँदैन नि । हामीले धेरै ठूलो गल्ती गरिराखेका छौँ । मलाई आज रुघा लाग्यो, पखाला लाग्यो भनेर टारिरहेका छौँ।

राजनीतिक स्वार्थ मात्र नभएर त्यसको पछाडि अरू स्वार्थ पनि छन् । झट्ट हेर्दा राजनीतिक स्वार्थ मात्रै देखिए पनि त्यसभित्र लुकेका अन्य विशेष स्वार्थहरू छन् । आम नागरिकलाई प्रस्ट हुनेगरि भनौँ कि सरकाले गर्दै आएको एकपछि  अर्को नियुक्तिमा राजनीतिक स्वार्थ, आर्थिक चलखेल लगायत अनैतिक रूपमा हुने गरेका धेरै सेटिङहरु हुँदै आएको छ । राजनीतिक स्वार्थभित्र लुकेको मुख्य कुरा आर्थिक लाभ हो । त्यो किन नि हो भने अब जो गभर्नर बन्दै छ उसैको कार्यकालभित्र चुनाव हुन्छ । यो दल बुढ्यौली लागेका वा पाको भनिएका नेटाहरूले अर्को पटक चान्स पाउने नपाउने निश्चित छैन । यसकारण यस अगाडि यो गठबन्धनमा बन्ने बेला कसको घरमा हस्ताक्षर भएको छ । ती मान्छेहरूको हाबी यता पनि छ । गभर्नर नियुक्तिमा ब्ल्याक एण्ड ह्वाइमा भएको छ । यसको स्वार्थ ८४ को चुनावमा जोडिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?