काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरिरहेको जनाएको छ । प्राधिकरणले सर्वसाधारणलाई आईपिओ जारी गर्ने प्रक्रिया अघि बढाएको प्राधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।
आज पत्रकार सम्मेलनको आयोजना गरी तेश्रो वित्तीय पुनसंरचना तयार गरी प्राधिकरण ऐन २०४१ बमोजिम प्राधिकरणको शेयर सर्वसाधारणमा जारि गर्ने प्रकृया अगाडि बढाइसकेको घिसिङले बताए । प्राधिकरणले क्रेडिट रेटिङ ICRA बाट AA+ प्राप्त गर्न सफल भएको उनले बताए ।


































