National life

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०३ कात्तिक २०८०, शुक्रबार
550Shares
माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न, कति जनाले पाए शेयर ?
ncell

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओमा कुल ११ लाख ९० हजार २ सय ९६ जनाको आवेदन परेको थियो । जसमध्ये ११ लाख ८५ हजार ६ सय ४२ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस हिसाबमा ४६ सय ५४ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ । योग्य आवेदक रहेका ११ लाख ८५ हजार ६ सय ४२ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको हो । यस हिसाबमा गोलाप्रथाबाट १ लाख २८ हजार ४ सय २० जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएका छन् ।

कम्पनीले असोज १८ देखि असोज २२ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
550SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?