कोशी - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको कोशी प्रदेश ‘ए’ र ‘बि’ को संयुक्त आयोजनामा एकदिने ‘अभिकर्ता क्षमता अभिवृद्धि तथा व्यवसायिक सशक्तिकरण कार्यक्रम’ सम्पन्न भएको छ।
इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा कोशी प्रदेश ‘ए’ प्रमुख सुदिष्ट कुमार गुप्ता, कोशी प्रदेश ‘बि’ प्रमुख जगतनाथ फुयल, विभिन्न शाखाका एजेन्सी म्यानेजर, अभिकर्ता लिडर तथा जीवन बिमा व्यवसायमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।
धनकुटा शाखा प्रमुख भगवती कार्कीले सञ्चालन गरेको कार्यक्रममा अभिकर्ताहरूको व्यवसायिक क्षमता विकास, नेतृत्व कौशल अभिवृद्धि तथा ग्राहक सेवाको गुणस्तर सुधार गर्ने उद्देश्य राखिएको थियो।
कार्यक्रममा डिजिटल युगको बिमा बजार, ग्राहक सम्बन्ध व्यवस्थापन सीआरएम, व्यवसाय विस्तारका नवीन रणनीति, लक्ष्य प्राप्ति तथा प्रभावकारी प्रस्तुतीकरण सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो।
मुख्य प्रशिक्षक तथा केन्द्रीय कार्यालयका तालिम विभाग प्रमुख डा।
त्यसैगरी, कोशी प्रदेश ‘बि’ प्रमुख जगतनाथ फुयलले जीवन बिमा क्षेत्रले समाजमा आर्थिक सुरक्षा तथा भविष्यप्रतिको विश्वास निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले अभिकर्ताहरूले आत्मविश्वास, उच्च नैतिकता र ग्राहकप्रतिको समर्पणलाई प्राथमिकतामा राखेर कार्य गर्नुपर्ने धारणा व्यक्त गरे।
तालिममा सहभागी अभिकर्ता तथा कर्मचारीहरूले कार्यक्रमले आफूहरूमा नयाँ ऊर्जा, प्रेरणा र व्यवसायप्रतिको जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका छन्। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा उत्कृष्ट व्यावसायिक नतिजा हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको समापनमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कर्मचारी, एजेन्सी म्यानेजर, अभिकर्ता लिडर तथा सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा व्यवसाय प्रवर्द्धनमुखी कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।


































