National life

‘‘देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिए’’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२७ जेठ २०८०, शनिबार
711Shares
‘‘देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिए’’
ncell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन् । शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको बताएका हुन् ।

सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन ठूलो संघर्ष गरेको बताउँदै प्रचण्डले त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको बताए । प्रधानमन्त्री प्रचण्डले भने , ‘‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्।’’

विकासका लागि राजनीतिक पूर्वाग्रह राख्नु हुँदैन भन्दै प्रचण्डले विकासका लागि राजनीतिक सहमति र राष्ट्रिय संकल्प बताए। ‘‘अर्थतन्त्रको चुनौतीका बीच पनि नीति, कार्यक्रम र बजेटमा अधिकतम सन्तुलन मिलाएका छौँ। कृषिलाई उच्च प्राथमिकता दिएका छौँ, उत्पादन र उत्पादकत्व प्रवर्धन गर्ने नीति लिएका छौँ। उत्पादनले नै रोजगारी सृष्टिको ऐतिहासिक पहलको वातावरण बन्छ। कृषिको अनुदान सिधै किसानको हातमा दिने व्यवस्था गर्छौं। यतातर्फ सरकारको ध्यान गएको छ।’’प्रचण्डले भने।

विदेशिएका युवाहरू स्वदेश फर्काउने कार्यक्रम ल्याएको भन्दै प्रधानमन्त्रीले भने , ‘‘ राज्य अभिभावक बनेर उत्पादन र रोजगारी प्रवर्द्धन गर्न तत्पर छ। विदेशबाट आर्जन गरेको पुँजी, सीप, प्रविधिको सदुपयोग गर्ने वातावरण बनाएका छौँ’’ ।

प्रचण्डले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए । ‘‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ। भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं’’ उनले भने ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?