National life

निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा अनलाइनबाट बन्द गर्न पाइने

निष्क्रिय खाता घटाउन बैंकहरूलाई कार्ययोजना बनाउने निर्देशन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
1.4kShares
निष्क्रिय बैंक खाता अब जुनसुकै शाखा वा अनलाइनबाट बन्द गर्न पाइने
ncell

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेका लामो समयदेखि निष्क्रिय खाताको व्यवस्थापनलाई सहज बनाउने नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको छ।

नयाँ व्यवस्थाअनुसार अब ग्राहकहरूले निष्क्रिय वा नचलिरहेका खाता अनलाइन माध्यमबाट वा देशभरका जुनसुकै शाखाबाट समेत बन्द गर्न सक्नेछन्। यसअघि भने खाता खोलिएको शाखामै पुग्नुपर्ने बाध्यताका कारण सेवाग्राहीले झन्झट बेहोर्दै आएका थिए।

राष्ट्र बैंकले ग्राहकले खाता बन्द गर्न अनुरोध गरेमा खातामा रहेको रकम उनीहरूले चाहेको अन्य बैंक खातामा स्थानान्तरण गरी प्रक्रिया टुंग्याउनुपर्ने व्यवस्था गर्न निर्देशन दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसले ग्राहकलाई थप सहजता दिने अपेक्षा गरिएको छ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको संख्या घटाउने स्पष्ट कार्ययोजना बनाएर आगामी पुससम्म कार्यान्वयन गर्न पनि भनिएको छ। खाता निष्क्रिय हुनुअघि नै फोन, सन्देश वा इमेलमार्फत ग्राहकलाई जानकारी गराउने व्यवस्था गर्नुपर्ने निर्देशमा उल्लेख छ।

निष्क्रिय भइसकेका खातालाई पुनः सञ्चालनमा ल्याउन कम्तीमा छ महिनाभित्र पहल गरिसक्नुपर्ने र देशभरका शाखाबाटै सहज रूपमा खाता पुनः सक्रिय गर्न सकिने व्यवस्था मिलाउनुपर्ने पनि राष्ट्र बैंकको निर्देशनमा समावेश छ।

साथै, पुनः सञ्चालन भएका खाताबाट हुने असामान्य कारोबारको निगरानी गर्ने प्रणाली विकास गर्न र निष्क्रिय खातासँग जोडिएका सम्भावित वित्तीय जोखिमबारे जनचेतना फैलाउन पनि बैंक तथा वित्तीय संस्थालाई आग्रह गरिएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?