काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमितकुमार कयाललाई दिएको छ।
कम्पनीको सञ्चालक समितिले हाल नायब सीईओको रूपमा कार्यरत कयाललाई अस्थायी रूपमा नेतृत्व सम्हाल्ने निर्णय गरेको हो।
कम्पनीका सीईओ प्रवीणरमण पराजुली केही समयका लागि बिदामा बस्ने भएपछि दैनिक प्रशासनिक तथा व्यवस्थापकीय काम सुचारु राख्न कयाललाई जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ।
उनी साउन ४ गतेदेखि साउन २८ गतेसम्म कामु सीईओको भूमिकामा रहनेछन्।


































