National life
cg eloctronics

मोदीलाई बालेनको उपहार : पशुपतिनाथको प्रसाददेखि रुद्राक्ष र शालिग्रामसम्म

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.1kShares
मोदीलाई बालेनको उपहार : पशुपतिनाथको प्रसाददेखि रुद्राक्ष र शालिग्रामसम्म
muktinatha bikash bank

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पशुपतिनाथ मन्दिरको प्रसादसहितको विशेष उपहार दिएका छन् । आज दिल्लीमा भएको भेटका क्रममा बालेनले कलात्मक काठको बट्टाभित्र राखिएको उपहार सेट मोदीलाई हस्तान्तरण गरेका हुन् ।

उपहार सेटमा रुद्राक्ष, शालिग्राम र पशुपतिनाथ मन्दिरको चन्दन समावेश गरिएको छ । प्रधानमन्त्री शाहले दिएको उक्त उपहार व्यक्तिगत रहेको उनको सचिवालय स्रोतले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भेटका क्रममा दुवै देशका प्रधानमन्त्रीले एकअर्कालाई उपहार आदानप्रदान गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले बालेनलाई गंगाजल राखिएको घडा उपहार दिएका छन् ।

त्यस्तै, नेपाली दूतावासका तर्फबाट प्रधानमन्त्री मोदीलाई मच्छिन्द्रनाथको उपहार प्रदान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?