National life
cg eloctronics

भारत भ्रमणपछि बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद

max lubricant tata
Aarthik voice
Aarthik voice
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
2KShares
भारत भ्रमणपछि बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद
muktinatha bikash bank

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले भारतीय समकक्षी नरेन्द्र मोदी र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री मोदीसँगका ५ वटा तस्बिर सार्वजनिक गर्दै शाहले आभार प्रकट गरेका हुन् ।

नेपाल र भारतको राष्ट्रिय झन्डा तथा मुटुको इमोजीसहित अङ्ग्रेजीमा लेखिएको सन्देशमा उनले लेखेका छन्, ‘थ्याङ्क यु योर एक्सिलेन्सी प्राइम मिनिस्टर नरेन्द्र मोदीज्यू एन्ड द पिपल अफ इन्डिया ।’ अर्थात्, धन्यवाद महामहिम प्रधानमन्त्री नरेन्द्र मोदीज्यू र भारतीय जनता ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रधानमन्त्री शाहले सेयर गरेका तस्बिरहरूमा राष्ट्रपति भवन परिसरमा गाडीबाट ओर्लिनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले अङ्कमाल गरेर न्यानो स्वागत गरेको, दुवै देशका राष्ट्रिय झन्डाअगाडि हात मिलाएको, सँगै हिँड्दै संवाद गरेको तथा उपहार आदानप्रदान गरेको दृश्य समेटिएका छन् ।

आइतबार दिउँसो भारतको दुईदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री बालेन सोमबार साँझ स्वदेश फर्किएका छन् ।

भ्रमणका क्रममा आइतबार साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करले शाहसँग शिष्टाचार भेटवार्ता गरेका थिए भने दुवै देशका निजी क्षेत्र सम्मिलित ‘नेपाल–भारत बिजनेस राउन्डटेबल’ समेत सम्पन्न भएको थियो ।

everest bank

भ्रमणको दोस्रो दिन सोमबार राष्ट्रपति भवनमा ‘गार्ड अफ अनर’ र राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र समकक्षी मोदीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता भएको थियो ।

वार्तापछि १० खम्बे संयुक्त दृष्टिकोण पत्र र २४ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी गरिनुका साथै आठवटा समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान भएको छ ।

भ्रमणका क्रममा भारतले नेपालको पुनर्निर्माण र ऊर्जा परियोजनाका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँको विकास सहायता प्याकेज, काण्डला र पारादीप बन्दरगाहको पहुँच, बी३४५ काठमाडौं–भैरहवा–लखनऊ हवाई मार्ग दुईतर्फी बनाउने सहमति, ‘सरयु–कमला एक्सप्रेस’ रेल सेवाको शुभारम्भ तथा ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यासजस्ता महत्त्वपूर्ण घोषणाहरू भएका छन् ।

आजै दिउँसो भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता सम्पन्न गरी प्रधानमन्त्री शाह स्वदेश फर्किएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
2kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?