National life

बीमा दाबी प्रक्रिया जटिल हुँदा जनविश्वासमा प्रश्न: सांसद राणाको चिन्ता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ महिना अगाडि|३० असार २०८३, मङ्गलबार
1.2kShares
बीमा दाबी प्रक्रिया जटिल हुँदा जनविश्वासमा प्रश्न: सांसद राणाको चिन्ता
ncell

काठमाडौं । आयोजित प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रका कमजोरीहरूबारे गम्भीर चासो व्यक्त गरेकी छन्। उनले बीमा प्रिमियम तिर्न सहज भए पनि दाबी भुक्तानी प्रक्रिया झन्झटिलो र ढिलो हुने गरेको भन्दै यसले सर्वसाधारणमा असन्तुष्टि बढाएको बताइन्।

बीमाप्रति जनविश्वास मजबुत बनाउन नियामक निकायले के कस्ता सुधारका पहल गरिरहेको छ भन्ने विषयमा उनले स्पष्ट जानकारी मागिन्। साथै, बिमितले आफ्नो दाबीको अवस्था सजिलै थाहा पाउने गरी डिजिटल क्लेम ट्र्याकिङ प्रणाली लागू गर्नुपर्नेमा उनले जोड दिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कृषि तथा पशुधन बीमामा सरकारले अनुदान दिँदा पनि अपेक्षित सहभागिता नदेखिएको विषयमा कारण खोज्न आवश्यक रहेको उनले बताइन्। त्यस्तै, अन्तर्राष्ट्रिय अभ्यासअनुसार बीमा प्रणालीलाई प्रतिस्पर्धात्मक ‘नन–ट्यारिफ’ मोडेलमा लैजान प्राधिकरणको योजना र समयसीमाबारे पनि उनले प्रश्न उठाइन्।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?