काठमाडौं । ३५० रुपैयाँको सामान खरिद गरेका एक उपभोक्ताले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सेन्टरबाट सामान खरिद गरी कर बिजक लिएका ती उपभोक्ता आन्तरिक राजस्व विभागले सञ्चालन गरेको करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउनको दोस्रो पाक्षिक बम्पर पुरस्कारका लागि छनोट भएका हुन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा.
साउन १६ गतेदेखि ३१ गतेसम्म नियमअनुसार कारोबार गरी कर बिजक लिएका उपभोक्तालाई उक्त अवधिको पुरस्कारमा सहभागी गराइएको थियो। विभागका अनुसार कार्यक्रम सुरु भएको पहिलो महिनामै पुरस्कारमा सहभागी हुने उपभोक्ताको संख्या उल्लेख्य रूपमा बढेको छ।
साउन १६ देखि ३१ गतेसम्म मात्रै ३ लाख ५७ हजार १४९ वटा नगद कारोबारका बिल पुरस्कारका लागि दर्ता भएका थिए। कर बिजक लिने बानी विकास गराउँदै नियमित तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
सामान्य मूल्यको सामान खरिद गर्दा प्राप्त भएको कर बिजकबाटै १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्न सकिने भएपछि कार्यक्रमप्रति उपभोक्ताको आकर्षण थप बढ्ने विभागको अपेक्षा छ।


































