National life

असोजको बम्पर उपहार लालबाबुलाई, २१ हजारको खरिदले दिलायो १० लाख

२१ हजार खर्च गर्दा १० लाख हातमा, करदाता उपहारमा लालबाबुको भाग्य चम्कियो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
350Shares
असोजको बम्पर उपहार लालबाबुलाई, २१ हजारको खरिदले दिलायो १० लाख
ncell

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोजको पहिलो १५ दिनका लागि राखिएको बम्पर पुरस्कार पर्साका लालबाबु साह कानुले जितेका छन्। उनले १० लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका हुन्।

आन्तरिक राजस्व विभागका अनुसार कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा लिएको बिल उपहारका लागि छनोट भएको हो।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा असोज १ देखि १५ गतेसम्मको उपहार विजेता घोषणा गरिएको हो।

Royal Enfield
nic asia capital
कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदाससहित सांसद गणेश कार्की र सन्तोष राजवंशीले विजेता घोषणा गरेका थिए।

विजेता कानुलाई आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले फोनमार्फत बधाई दिँदै पुरस्कार लिन नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका छन्।

विभागका अनुसार असोज १ देखि १५ गतेसम्म बिल लिएर उपहार कार्यक्रममा सहभागी भएका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार पुरस्कारका लागि योग्य भएका थिए।

त्यसमध्ये नगद भुक्तानी गरी बिल लिइएका कारोबारको संख्या २ लाख ४७ हजार ९७९ थियो। अनलाइन तथा कार्डमार्फत भुक्तानी भएका कारोबार भने ३ करोड १५ लाख ७० हजार ३०७ रहेको विभागले जनाएको छ।

सरकारले उपभोक्तालाई खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने तथा कारोबारलाई कर प्रणालीमा समेट्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यो समाचार शेयर गर्नुहोस्
350SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?