काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारका आधारमा १५ जना विजेता छनोट भएका छन्।
आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका प्रत्येक विजेताले १ लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गर्नेछन्।
विभागले उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा लिएका बिलका आधारमा दैनिक करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्नुका साथै कर प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन खोजिएको छ।



































