National life

बिल नलिए उपहार छुट्न सक्छ, असोज १५ भित्र विवरण प्रविष्ट गर्न विभागको आग्रह

खरिद बिल लिनुहोस्, उपहार जित्नुहोस्: असोज १५ सम्म विवरण भर्न आन्तरिक राजस्व विभागको आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१५ असोज २०८३, बिहिबार
352Shares
बिल नलिए उपहार छुट्न सक्छ, असोज १५ भित्र विवरण प्रविष्ट गर्न विभागको आग्रह
ncell

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन उपभोक्तालाई आग्रह गरेको छ।

विभागका अनुसार आर्थिक वर्ष २०८३/८४ अन्तर्गत सञ्चालन हुने कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण तोकिएको प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।

असोज १ देखि १५ गतेसम्म खरिद गरिएका वस्तु तथा सेवाका बिललाई असोज १६ गते हुने उपहार कुपन खोल्ने तथा विजेता घोषणा कार्यक्रममा समावेश गरिने विभागले जनाएको छ।

कार्यक्रममा सहभागी हुन उपभोक्ताले असोज १५ गतेभित्र आन्तरिक राजस्व विभागको उपहार प्रणाली मा गई खरिद बिलको विवरण प्रविष्ट गर्नुपर्नेछ।

Royal Enfield
nic asia capital

विभागले पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य भएकाले वस्तु तथा सेवा खरिद गर्दा बिल लिन आग्रह गरेको हो। साथै, व्यवसायीले वस्तु तथा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्नुपर्ने जनाएको छ।

बिल लिने–दिने संस्कारलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमले कर चुहावट नियन्त्रण तथा कारोबारलाई औपचारिक प्रणालीमा ल्याउन सहयोग पुग्ने विभागको अपेक्षा छ।

यो समाचार शेयर गर्नुहोस्
352SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?