काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले जीवन बीमा अभिकर्ताका लागि आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । नेपाल बीमा प्राधिकरण बाट स्वीकृत तालिम देशभरका शाखा तथा उपशाखामार्फत सञ्चालन गरिने जनाइएको छ ।
कम्पनीका अनुसार न्यूनतम प्लस टु वा सोभन्दा माथिको शैक्षिक योग्यता भएका र स्व–रोजगारमा इच्छुक नेपाली नागरिकले तालिम लिन सक्नेछन् । इच्छुकले तालिम सुरु हुनुभन्दा एक हप्ता अघि आवश्यक कागजातसहित नजिकको कार्यालयमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।


































