काठमाडौं । डिजिटल प्रणाली स्तरोन्नतिको प्रक्रियामा लागेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही दिनका लागि आफ्ना सेवा अस्थायी रूपमा बन्द गर्ने जनाएको छ। कम्पनीले हाल प्रयोगमा रहेको Life Insurance Management System ‘iSolution’ लाई थप उन्नत iSolution Version Next मा रूपान्तरण गर्न लागेको हो।
कम्पनीका अनुसार साउन १४ गते बेलुका ८ बजेदेखि साउन १८ गते बिहान ८ बजेसम्म सेवा अवरुद्ध रहनेछ। यस अवधिमा केन्द्रीय कार्यालय तथा सबै शाखा/उपशाखाबाट प्रदान गरिने बीमालेखसम्बन्धी सेवा, अनलाइन प्रिमियम भुक्तानी, मोबाइल एप, तथा ग्राहक र अभिकर्ता पोर्टल अस्थायी रूपमा उपलब्ध नहुने जनाइएको छ।


































