काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ का इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ ।
फण्डले प्रतिफल वितरण प्रयोजनका लागि इकाईधनी दर्ता किताब असोज ८ गते एक दिनका लागि बन्द गर्ने जनाएको छ ।
असोज ७ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रणालीमा कारोबार भई तोकिएको समयभित्र नामसारी भएका इकाईधनी मात्र उक्त नगद प्रतिफल प्राप्त गर्न योग्य हुनेछन् ।
फण्डका अनुसार बुक क्लोजको अघिल्लो दिनसम्म कायम इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गरिनेछ ।


































