National life

भारतमा आन्दोलन चर्कियो, जन्तरमन्तरबाट ७०० बढी हिरासतमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|१६ असोज २०८३, शुक्रबार
375Shares
भारतमा आन्दोलन चर्कियो, जन्तरमन्तरबाट ७०० बढी हिरासतमा
ncell

काठमाडौं । भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै दिल्लीको जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढीलाई हिरासतमा लिएको छ।

कक्रोच जनता पार्टी (सीजेपी)ले सुरु गरेको प्रदर्शनमा विद्यार्थी तथा विभिन्न विपक्षी दलका नेता–कार्यकर्ता सहभागी भएका थिए। प्रदर्शनकारीहरूले निर्वाचन आयोगको कामकारबाही र मतदाता नामावली पुनरावलोकन प्रक्रियामाथि प्रश्न उठाउँदै कुमारको राजीनामा मागेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार हिरासतमा पर्नेमा आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी, पूर्वमन्त्री सौरभ भारद्वाज, राष्ट्रिय जनता दलका सांसद मनोज झा तथा भारतीय कम्युनिस्ट नेता एमए बेबीसमेत छन्।

Royal Enfield
nic asia capital

प्रहरीले जन्तरमन्तर क्षेत्रमा प्रदर्शन नियन्त्रणमा लिने क्रममा उनीहरूलाई हिरासतमा लिएको जनाइएको छ।

यो समाचार शेयर गर्नुहोस्
375SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?