National life

इरान–अमेरिका तनाव: ट्रम्पले भने– ‘हामीसँग आवश्यकताभन्दा धेरै हतियार छन्’

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|११ साउन २०८३, सोमबार
3KShares
इरान–अमेरिका तनाव: ट्रम्पले भने– ‘हामीसँग आवश्यकताभन्दा धेरै हतियार छन्’
ncell

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग बढ्दो तनावका बीच अमेरिका हतियार अभावको अवस्थामा नरहेको बताएका छन्। उनले अमेरिकासँग संसारकै सबैभन्दा धेरै र आवश्यकताभन्दा बढी हतियार रहेको दाबी गरेका हुन्।

पेट्रियट इन्टरसेप्टर मिसाइलको भण्डार इरानसँगको लगातारको तनावका कारण घट्दै गएको भन्ने सञ्चारमाध्यमका रिपोर्ट सार्वजनिक भएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा कृत्रिम बुद्धिमत्ता (एआई) बाट तयार गरिएका केही तस्बिरसमेत सार्वजनिक गरेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
तीमध्ये एक तस्बिरमा इरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग टापु (Kharg Island) मा हवाई आक्रमण भएको दृश्य देखाइएको छ। उक्त तस्बिरसँगै उनले ‘स्ट्राइक अन खार्ग’ भन्ने सन्देश पनि राखेका छन्।

त्यसैगरी, उनले इरानी तेल ट्यांकरमा अमेरिकी झण्डा देखिने तथा अर्को तस्बिरमा जहाज विस्फोट भएको देखाइएको एआई तस्बिरसमेत सार्वजनिक गरेका छन्।

यो समाचार शेयर गर्नुहोस्
3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?