National life
cg eloctronics

गगन थापाको टिप्पणी : सरकारको कार्यशैलीले व्यवसायीदेखि अदालतसम्म ‘थुरथुर’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२६ दिन अगाडि|१५ कात्तिक २०८३, आइतबार
4.8kShares
गगन थापाको टिप्पणी : सरकारको कार्यशैलीले व्यवसायीदेखि अदालतसम्म ‘थुरथुर’
muktinatha bikash bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली र अप्रत्याशित नीतिगत निर्णयका कारण निजी क्षेत्रदेखि राज्यका विभिन्न निकायसम्म त्रासको वातावरण सिर्जना भएको टिप्पणी गरेका छन्।

आइतबार सम्बोधन गर्दै थापाले सरकारका नीति तथा निर्णय अनुमानयोग्य नहुँदा व्यवसायी, प्रहरी, निजामती कर्मचारी, अदालत र संवैधानिक आयोगहरूसमेत त्रसित अवस्थामा रहेको बताएका हुन्।

‘सरकारको नीति अनुमानयोग्य छैन । सबै थुरथुर छन् । व्यवसायी, प्रहरी, निजामती कर्मचारी, अदालत र संवैधानिक आयोगहरू सबै थुरथुर छन्,’ उनले भने।

3 ad - 1
3 ad - 2
3 ad - 3

थापाले अहिले मुलुकको सबैभन्दा ठूलो चुनौती अर्थतन्त्र रहेको पनि बताए। उनका अनुसार कर्जा तथा लगानी विस्तार हुन सकेको छैन भने बाह्य लगानी भित्रिने अवस्था पनि कमजोर छ। सरकारले विकास खर्चसमेत प्रभावकारी रूपमा बढाउन नसकेको उनको टिप्पणी छ।

everest bank

प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीमाथि थप आर्थिक दबाब परेको उल्लेख गर्दै उनले अर्थतन्त्रको शिथिलता अन्त्य गर्न सरकारले निजी क्षेत्र र समग्र सरोकारवालामा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

सरकारले त्रास सिर्जना गरेर नभई विश्वास दिलाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने उनको भनाइ थियो।

‘शिथिल भएको अर्थतन्त्र सुधार गर्न त्रर्साएर होइन, विश्वास दिनुहोस्,’ थापाले भने।

यो समाचार शेयर गर्नुहोस्
4.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?