National life
cg eloctronics

गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.1kShares
गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा ९ स्थानमा रक्तदान, ७१३ युनिट रगत संकलन
muktinatha bikash bank

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न ९ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले मङ्सिर ७ गते केन्द्रीय कार्यालय रहेको काठमाडौंको बालुवाटारसहित देशका विभिन्न स्थानमा रक्तदान तथा अन्य सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकका अनुसार सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

रक्तदानबाट संकलित रगतले आवश्यकता परेका बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदानसहित विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

यसैगरी, बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ९ वटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट शाखाका प्रमुखहरूलाई नगद पुरस्कार तथा ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ ।

everest bank

बैंकले वार्षिकोत्सवकै अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मङ्सिर ५ गते ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण पनि सम्पन्न गरेको थियो । काठमाडौंमा आयोजित उक्त दौड प्रतियोगितामा १,४०० भन्दा बढी धावक सहभागी भएका थिए ।

स्वस्थ जीवनशैली, शारीरिक सक्रियता र खेलकुदप्रतिको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले खेलकुदमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह गरेको बैंकको विश्वास छ ।

स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले निरन्तर विश्वास, साथ र सहयोग प्रदान गर्ने सेवाग्राही, शेयरधनी, नियामक निकाय, सञ्चार जगत्, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?