National life
cg eloctronics

भारतमा प्रधानमन्त्री बालेनलाई औपचारिक सम्मान, मोदीसँग द्विपक्षीय वार्ता हुँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ दिन अगाडि|०७ मंसिर २०८३, सोमबार
1.1kShares
भारतमा प्रधानमन्त्री बालेनलाई औपचारिक सम्मान, मोदीसँग द्विपक्षीय वार्ता हुँदै
muktinatha bikash bank

काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सोमबार बिहान नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान अर्पण गरेको हो। समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई स्वागत गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3

आइतबार भारत पुगेका प्रधानमन्त्री शाहको भ्रमणको दोस्रो दिन सोमबार उच्चस्तरीय राजनीतिक भेटवार्ता, द्विपक्षीय छलफल तथा विभिन्न सम्झौता आदानप्रदानका कार्यक्रम तय भएका छन्।

भ्रमण तालिकाअनुसार प्रधानमन्त्री शाहले बिहान १०ः४० बजे राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्ने कार्यक्रम छ। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता हुनेछ।

बिहान ११ः५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक वार्ता हुनेछ। वार्तापछि दिउँसो १२ः३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौता आदानप्रदान र संयुक्त सञ्चार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

everest bank

त्यसैगरी, दिउँसो १ः१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३ः१५ बजे उनले भारतीय राष्ट्रपतिसँग राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्ने कार्यतालिका छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानमन्त्री शाह साँझ ४ः५० बजे नयाँदिल्लीबाट स्वदेश फर्कनेछन्। उनी साँझ ६ः३५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?